लन्डनमा २६४३ औ बुद्ध जयन्ती मनाईने ।

Read Time:2 Minute, 52 Second

लन्डन ,

मंगल बुद्ध विहार लन्डन तथा मगर बौद्ध समाज यु के द्वारा २६४३ औ बुद्ध जन्मोत्स्व भव्य मनाउने तयारी गरी रहेको छ ।

विश्व शान्तिका महानायक भगवान गौतम बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगयुक्त बैशाख पुर्णिमाको पावन अवसरमा मगर बौद्ध समाज यु के तथा मंगल बुद्ध बिहारले १ दिवसिय कार्यक्रम सहित २६४३ औं बुद्ध जन्मोत्सव दिवस, २६०८ औं बोधिज्ञान दिवस र २५६३ औं महापरिनिर्वाण दिवस कार्यक्रम आयोजना गर्न गैरहेको छ ।

उक्त कार्यक्रमको लागि लन्डनको बिभिन्न कलेज बिस्वोबिधालयमा प्राध्यापन गराउदै आउनु भएका प्रमुख धर्म गुरु भिक्खु सुमानाको उपस्थिती हुने छ उहाले अङ्रेजी र नेपालीमा वाचन गर्नु हुने छ भने उहा सँगै अन्य भन्ते ज्यु हरुको पनि उपस्थिती रहने छ ।

बुद्ध पुर्णिमा बुद्ध जयन्ती मगर संघको आयोजनामा खुला मैदानमा हजारौको उपस्थितीमा हुँदै आए पनि केही बर्ष यता मगर संघले उक्त कार्य क्रमको आयोजना गर्न स्थगित गरेको छ भने अहिले मंगल् बुद्ध बिहार र मगर बौद्ध समाज यु के ले हरेक बर्ष बुद्ध जयन्ती मनाउदै आएको छ ।

उक्त कार्यक्रमा उपस्थितीको लागि बौद्ध समाजको निमन्त्रणा

हार्दिक निमन्त्रणा

विश्व शान्तिका महानायक भगवान गौतम बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगयुक्त बैशाख पुर्णिमाको पावन अवसरमा मगर बौद्ध समाज यु के तथा मंगल बुद्ध बिहारले १ दिवसिय कार्यक्रम सहित २६४३ औं बुद्ध जन्मोत्सव दिवस, २६०८ औं बोधिज्ञान दिवस र २५६३ औं महापरिनिर्वाण दिवस कार्यक्रम आयोजना गर्न गैरहेकोले सो कार्यक्रममा यहांहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं ।

कार्यक्रम:
मिति: १८ मे २०१८ (शनिवार )Saturday
समय: बिहान ९ बजे देखि बेलुकी ६ बजे सम्म 9Am-6Pm
स्थान: Harrow Borough Football Club, Carlyon Avenue, Harrow, HA2 8SS

प्राथी:
मगर बौद्ध समाज यु के ।
टिका दर्लामी मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %