रत्नपार्कको ३३ तले भ्यू टावर निर्माणका लागी ५ बर्ष समय थपियो

Read Time:6 Minute, 17 Second

देब पचभैया

काठमाण्डौ-

काठमाण्डौको (रत्नपार्क) पुरानो बसपार्कमा निमार्णाधिन काठमाण्डौ भ्यू टावर निर्माणका लागी ५ बर्ष समय थपिएको छ । यही चैत्र १० गते बसेको काठमाण्डौ महानरपालीकाको बैठकले भ्यू टावर निर्माणका लागी ५ बर्ष समय थप्ने निर्णय भएको भ्यु टावर निर्माणका लगानीकर्ता मिग नेपालका प्रमुख सुमन थापामगरले जानकारी दिए । २०७१ फागनु २२ गते टेन्डर जितेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीले उपराष्ट्रपति नन्द बहादुर पुनबाट सिलान्यास गरी आर्थिक वर्ष २०७४/७५ बाट कामशुरु गरेको थियो ।

काठमाण्डौ महानगरपालीका संग ३० बर्षका लागी लिजमा लिएर निर्माण कार्य अघि बढेको भ्यू टावर निर्माणमा भुकम्प, नाकाबन्दी लगाएतका कारण समस्या आएपछि थप २ बर्ष समय थपिएर ३२ बर्ष सम्म संचालनको अनुमति दिइएको थियो । हालै थपिएको ५ बर्ष गरी अव लगानीकर्ताहरुले ३७ बर्ष सम्म भ्यूटावरको जिम्मेवारी पाएका हुन् ।

झण्डै २३ रोपानी क्षेत्रफलमा ७ अरब ६४ करोडको लागतमा बन्न लागेको ३२ तले भ्यू टावर निर्माणको काम तिब्र रुपमा अघि बढेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका संचालक मनोज भेटवालले जानकारी दिए । आगामी जेठ महिनामा डिपिसि लेबल सम्पन्न हुनेगरी अहिले काम भैरहेको भेटवालको भनाई छ । भुकम्प प्रतिरोधात्मक भ्यूटावर निर्माणका लागी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स, आईडिया फर नेपाल र मिग नेपालको २० प्रतिशत लगानी रहेको छ ।

“सबै कुरा एकै ठाँउ” भन्ने उद्धेश्य लिएर अघि बढेको काठमाण्डौ भ्यू टावरमा कार पार्किंग देखि, बैंक, होटल, चलचित्र मन्दिर घर समेत सोही स्थानमा हुने छ । काठमाण्डौका १७ रुटमा चल्ने गाडीहरु समेत भ्यूटावर हुदै छुट्ने छन् । २०२० सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सहित निर्माण कार्य भैरहेको काठमाण्डौ भ्यूटावरका नेपाल प्रमुख हुम बहादुर थापामगरले जानकारी दिए ।

गत मंशिर बाट मात्रै मिग नेपालले २० प्रतिशत शेयर लिएर भ्यूटावर निर्माणमा जुटेको थापाको भनाई छ । हामी आउनु अघि ९ महिना सम्म निर्माणकार्य रोकिएको थियो थापाले भने रोकिएको कामलाई मगर भिच्छुहरु बाट पुजा गरेर काम शुरु भएको हो ।

भ्यू टावर निर्माणका लागी लगानी जुटाउदै मगरहरु ४ महिनामै ६५ करोड लगानी

भ्यू टावर निर्माणका लागि मगर अगुवाहरुले देश विदेशमा रहेका मगरहरुलाई सहभागी गराउन अभियान चलाएका छन् । कुल लागतको २० प्रतिशत लगानीको अवसर पाएको मगर इन्भेष्टमेन्ट ग्रुप नेपालको नेतृत्वमा सबै मगरहरुलाई सहभागी गराउने गरी अभियान संचालन भैरहेको यूके मगर संघका निबर्तमान अध्यक्ष एबम् काठमाण्डौ भ्यू टावरका ग्लोबल को-अर्डिनेटर नेम थापा मगरले जानकारी दिए । मिग हङकङ बाट शुरु भएको भ्यू टावरमा लगानी कार्यक्रम यूके हुदै अहिले संसारभर रहेका मगरहरु सहभागी भएको मिग हङकङका संयोजक सुमन थापामगरले बताए । मिग नेपालका प्रमुख समेत रहेका थापाका अनुसार आगामी जेठ महिना भित्र डिपिसि लेवल सम्पन्न गर्ने गरी अहिले तिब्ररुपमा काम भैरहेको छ । काठमाण्डौ भ्यू टावरका नेपाल संयोजक हुम बहादुर थापामगरका अनुसार पैसा भएकाहरुलाई मात्रै समेट्ने भन्दा पनि गाँउमा कुखुरा बाख्रा बेच्ने मगरहरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्ने गरी नेपालका सबै जिल्लाहरुमा जानकारी दिन अन्तर्कृयात्मक कार्यक्रम भैरहेको छ ।

जिल्लामा पुगेर गरिएका कार्यक्रमले लगानी गर्ने मगरहरुको जमात बढ्दै गएको भन्दै संयोजक थापाले धेरैलाई सहभागी गराउने गरी अभियानलाई तिब्र पारिएको बताए । मगर संघ हङकङकी अध्यक्ष युग माया रानामगरले भ्यू टावर नेर्माणमा मगरहरुको योगदान पनि देखिने र त्यसबाट हुने आम्दानी सबैलाई बाड्न सकिने भएकाले अभियानलाई सकृय बनाइएको जानकारी दिइन । गएको मंशिर महिना बाट मात्रै मिग नेपाल भ्यू टावर निर्माणमा जोडिएको भएपनि यो बीचमै मिग नेपालमा ६५ करोड बढी लगानी जुटेको मिग नेपालका लेखा प्रमुख भिम थापामगरले जानकारी दिए । हाल खुलामन्चमा संचालन भैरहेको बर्सपार्क समेत काठमाण्डौ भ्यूटावरको जिम्मामा रहेको छ । त्याहा बाट दैनिक ५० हजार नगद प्राप्त भैरहेको मिग नेपालका नेपाल प्रमुख थापाले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %