को जातिवादी ?बाहुनक्षेत्री कि आदिवासी जनजाती ?

Read Time:2 Minute, 16 Second

आचार्य बाहुनले मुसल्मान दुलही ल्याउदा बाजा बजाएर नेपाली नागरिकता दिने मगरले फिलिपिना बिहे गर्दा बिभिन्न संघ संस्था मिडिया मिलेर यातना सहित देश निकला के यो जातिय विभेद  होइन ?

जातिवादको कुरा तब आउँछ जब ति वादहरूले नै जातिवाद देखाउँछ । यि दुई घटनालाई नै नियालेर हेरौँ । आजभन्दा ठिक ४ वर्ष पहिला चितवनको एक युवा जिवन थापा मगर ले फिलिपिन्स केटी बिहे गरेर २ जना छोराहरू प्रमाणित हुँदा पनि उसलाई नेपाली नागरिकता नदिएर चितवनको केही डलरे संघसंस्थाहरूले जिवन थापा मगर र जोयालाई छुट्याएर जोयालाई देश निकाला गरियो ।

तर पछि नेपाल मगर संघ लगाएत बिभिन्न पहिचानवादी संघ संस्थाहरु र समाजसेवी आदरणीय दाई Ang Kami Sherpa हरूको अथक प्रयास पछि फेरी जोया र जिवन थापा मगरको मिलन गराउन सफल भयो । तर उस्तै घटना गत महिना मात्र बाग्लुङका एक आचार्य थरको बाहुनले एक पाकिस्तानी केटी बिहे गरेर बिहे गरेको एक/दुई हप्तामा नै नेपाली नागरिकता थमाईदियो ।

पाकिस्तानी केटी आचार्यले बिहे गर्यो अब पाकिस्तानी केटीलाई नागरिकता दिनु हुन्न भन्न खोजेको फिटिक्कै हैन यहाँ, मात्र भन्न खोजेको यो होकी उस्ताउस्तै केशमा बिभेद किन ??? अनी यहीँ हो समानता ??? कि आचार्यले नागरिकताको अधिकार बढी छ र मगरको कम थियो ???


त्यसैले जो जसले जति खोके पनि नेपालको प्रशासनिक क्षेत्रमा यस्तो बिभेद अनी समस्याहरु अहिलेसम्म पनि जस्ताकोतस्तै छ । अनी यसलाई कुन वाद भन्ने महोदय ??

#देवान लुड़गेली मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %