मगर संघ केन्ट साखाको सातौं अधिबेशन सम्पन्न – अध्यक्षमा क्या रामबहादुर पुन !

Read Time:2 Minute, 53 Second

बिजय हितान  
 
युके – फोक्स्टोन । आईतबार ४ नोभेम्बर २०१८ का दिन मगर समाज युके केन्ट साखाको अधिवेशन हर्बी ग्रामर स्कुलको सभाहल, फक्स्टोनमा सम्पन्न भयो ।

Image may contain: 12 people, including Basant Shreenet and Manju Thapa, people smiling, people standing

पहिलो चरणमा निबर्तमान अध्यक्ष बिजय हितानमगर र महासचिव इश्वर आले ले बिगत दुई बर्षमा गरिएका कृयाकलापको विवरण प्रस्तुत गर्नुभयो । त्यसैगरी कोषाधक्ष्य रामु थापाले आर्थिक विवरण र अन्य बिभाग सम्हालेका सदस्यहरुले आ-आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साथै महिला उप-समितिकी अध्यक्ष सारदा पुनद्वारा महिलाको प्रतिबेदन प्रस्तुत गरियो ।

दोस्रो चरणको कार्यक्रममा नयाँ कार्यसमिती सर्बसम्मितिद्वारा चयन गरियो । निर्वाचन मन्डलका चार सदस्यहरु- दिपक काउचा, सिता पुन, होम रोका, र रुद्र थापाद्वारा निर्वाचन कार्यलाई सफलताका साथ सम्पन्न गरिदिनुभयो । नयाँ कार्य समितिका सदस्यहरु भिम राकश, दिल्लिराज थापा, आन पुर्जा, कर्ण राना, कुल राना, पृथ्वी थापा, ईन्द्रजित सारु, दिपक बुढा, टोप थापा, पूर्ण थापा श्रिस, चन्द्रा पुन, अस्मिता थापा, जयकला पुन, बिनाम राना, दुर्गा आले, तोया श्रिस, पदम बालम्पाकी  हुनुहुन्छ ।

Image may contain: one or more people, people standing and indoor

सम्पत्ति रेखदेख सचिव याम थापा; खान-पिन सम्योजन सचिव दलबिर गाहा र खान-पिन सम्योजन सह सचिव ससिराम पुन; संचार सचिव मानबहादुर थापा; साँस्कृतिक सचिव ओमकुमारी पुन, सह सान्स्कृतिक सचिव विश्वजित थापा; कोषाध्यक्ष रिम काउचा र सहकोषाध्क्ष जय पुन; सचिव कमारे बुढा; उपाध्यक्ष क्या नानीबाबु मगर , र अध्यक्ष क्या रामबहादुर पुन निर्बाचित हुनुभयो । कार्यक्रमको अन्त्यमा उपस्थित जनसमुदायबाट निबर्तमान कार्यसमितीलाई बिदाइ धन्यवाद, र नवनिर्बाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञ्यापन गरिएको थियो ।

अधिबेशनको पर्यबेक्षकता मगर संघ युके का महासचिव लाल पुन, घन थापा, रमेश सारङ्कोटि, र नरेश खपाङी ले गरिदिनुभएको थियो ।   

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %