बन्यजन्तु ब्यापार सम्मेलनमा नेपालको प्रतिनिधित्व र एक गैर आवासिय नेपालीको चाँसो

Read Time:7 Minute, 0 Second

राज्यसत्ता संबादाता  
लण्डन्- बेलायत सरकारको आयोजनामा लण्डनमा बन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी सम्मेलन ११ र १२ अक्टोबर २०१८ मा सम्पन्न भयो । नेपाल सरकारको प्रतिनिधिमन्डलको प्रतिनिधित्व गरेर वन तथा वातावरण मन्त्री माननीय श्री शक्ति बहादुर बस्नेतले यस कार्यक्रममा भाग लिनुभएको थियो ।

Image may contain: 2 people, including Bryan Hitan, people standing and suit

वन तथा वातावरण मन्त्रिको यसै भ्रमणको अवसर पारेर, बेलायत सरकारको बातावरण मन्त्रालयमा कार्यरत बिजय हितानले मन्त्री बस्नेत सँग १२ अक्टोबरका दिन नेपाली दुतावास लन्डनमा एक भेटवार्ता गर्नुभयो । उक्त भेटवार्तामा हितानले आफु १० बर्षसम्म बातावरण क्षेत्रमा काम गरेर लामो अनुभव तथा कार्यकुसलता हाँसिल गरिसकेको र आफ्नो जन्मभुमी नेपाललाई यस क्षेत्रमा बिग्यताको आवश्यकता परे जहिले पनि सहयोग गर्न तयार रहेक बताउनुभयो । मन्त्री बस्नेतले हितान जस्ता गैर आबासिय नेपाली बिग्य नेपाललाई खान्चो परेको र नेपाल आएको बखत हितानसँग आफुले भेटघाट गरेर अगाडि कसरी बढन सकिन्छ भनेर आफ्नो प्रतिबध्धता जनाउनु भएको थियो ।  हितानले बातावरण बिग्ज्ञान र पर्याबरण सम्रक्षणमा ग्रिन्विच युनिभरसिटीबाट स्नाकोत्तर गरी बातावरण प्रबन्धन बिभागमा एक बातावरण अधिक्रितक रुपमा काम गर्दै आउनुभएको छ । यस बाहेक वाँहा बातावरण साहित्यको मार्फत जलवायु परिवर्तन, जैबिक बिबिधतामा ह्रास, बन्यजन्तु अबैध ब्यापार, प्लास्टिक प्रदुशण, बायु तथा नदिनाला प्रदुशण जस्ता बिषयमा सन २००८ देखी जनचेतना फैलाउने अभियान चलाऊन्दै आउनुभएको छ ।          

बन्यजन्तु ब्यापार सम्मेलनमा मन्त्री बस्नेतले वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोव्वर नजिक भएको उल्लेख गर्दै उहाँले नेपालको कुल भूभागको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको शिकारमा पूर्ण प्रतिवन्ध लगाईएकोले सन् २०११ देखि २०१८ सम्ममा गैँडाको शिकार शुन्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिवद्ध रहेको बताउनु भयो । नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको छ भन्नुहुँदै मन्त्री बस्नेतले यसबाट समुदाय समेत लाभान्वित भइरहेको छ भन्ने विचार व्यक्त गर्नुभयो । वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको छ भन्ने उल्लेख गर्नुहँुदै मन्त्री बस्नेतले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको बताउनु भयो ।

सम्मेलन उद्घाटन सत्रमा आफ्नो मन्तव्य राख्नुहँुदै संयुक्त अधिराज्य सरकारका विदेश मन्त्री सम्माननीय श्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोव्वर वृद्धि भएको र विगत चारवर्षदेखि गैँडा र वाघको शिकार शुन्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

सम्मेलनका अवधिमा माननीय वन तथा वातावरण मन्त्री श्री बस्नेतसंग संयुक्त अधिराज्यका माननीय साँसद श्री जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता माननीय श्री सन्डिथ समरसिङ्गेले शिष्टाचार भेटगरी नेपालले वन पर्यावरण, जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राख्दै यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको बताउनु भएको थियो । साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग UK Trust for Nature Conservation in Nepal का अध्यक्ष एवं वेलायती सेनाका पूर्व प्रधान सेनापति अतिरथी सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गर्नुभई नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो । सोही दिन मन्त्री बस्नेतले लण्डनस्थित ZSL Zoo को अवलोकन भ्रमण गर्नुभएको थियो ।

८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको यस विश्व सम्मेलनमा मन्त्री श्री बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यकालागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी, नेसनल पार्क र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक श्री मान बहादुर खड्का, राजदूतावासका काउन्सेलर श्री शरदराज आरण र चितवन नेशनल पार्कका उपसचिव श्री वेद कुमार ढकाल रहनुभएको थियो ।

सम्मेलनले अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० वुदेँ विश्व घोषणापत्र जारी गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %