हिन्दुधर्मलाई “काे” र “के”बाट खतरा ?

Read Time:8 Minute, 26 Second

हिन्दुधर्मलाई स्वार्थी बाहुन बाटै खतरा छ  । 

___ बलदीप प्रभाश्वर चामलिङ 

हिन्दुधर्मकाे अस्तित्वमा निम्म तत्वहरू खतरा हुन् :

क) स्वार्थी बाहुन

हिन्दुधर्मलाई काेहीबाट खतरा छ भने त्याे हिन्दुधर्मकै केही स्वार्थी बाहुनहरूबाट नै छ । नेपालमा रहेका राष्ट्रिय स्तरका ९८(98%) प्रतिशत चर्चका प्रमूख बाहुनहरू नै छन् । क्रिश्चयनधर्मका नाममा देशविदेश भ्रमणमा जाने बाहुनहरू नै छन् । क्रिश्चयनधर्मकाे नाममा चलखेल हुने रकम उनीहरू कै हातमा छन् ।तस्विरमा लेखक चाम्लिङ । 

विदेशी रकम विभिन्न एनजिओ/आईएनजिओ मार्फत नेपालमा आउछन् ।ती एनजिओ/आईएनजिओका प्रमूख बाहुनहरू नै हुन्छन्।

राेदीघरका घले डनलाई हाेइन; बिष्टहरूकाे लुगा सिलाउने दर्जीलाई हाेइन; भैसी चराउने राईलाई हाेइन; मैच्याङ र च्याङ्वाकाे धुनमा रम्ने जाेसिला तामाङलाई हाेइन; धाननाचकाे लिम्बु हिराेलाई हाेइन र हाम्राे कपाल काटिदिने, तरकारी घरघरमा ल्याएर खुवाउने, जुत्ता पालिस गरिदिने, घरवरिपरिका कबाडी साफ गरिदिने र सुट सिलाई दिने श्रमिक मधेसीलाई हाेइन, उनै सिहदरबार थर्काएर बस्ने बाहुन नाईकेहरूलाई नै विदेशीले पनि पत्याउने हाे र उनीहरूले नै खाेलेका संघ/संस्थालाई उनीहरूले “डाेनेसन/फण्ड” निर्माण गरिदिने हाे ।

जनजाति र उस्ले खाेलेकाे संस्थालाई विदेशीले पनि नपत्याउने भएकै हुदा एक गुरूङकी छाेरी बाहुनकाे थरमा चिनिएर “माईती नेपाल” चलाएर बसेकी थिइन । उनीले अफूलाई अनुराधा काेइराला नभनेर अनुराधा गुरूङ भनेकी भए उनकाे संस्था पनि चल्ने थिएन । क्रिश्चियनधर्मकाे ठूलाे प्रचारक त तत्कालिन व्यवस्थािपिका-संसदमा बहालवाला सदस्य थिए । उनी शुद्ध ढकाल बाहुन हुन् । उनी त्यहि संसद सदस्यबाट तत्कालीन सरकारका मन्त्री पनि भएका थिए । राज्यसत्ता र विदेशी पैसाकाे आडमा क्रिश्चियनधर्मकाे प्रचार गर्ने आखिर याे मुलुकमा बाहुन नै छन् ।

यसरी सत्ताधारी जाति बाहुनहरूकै हातमा एनजिओ/आईएनजिओ हुने भएकाे हुदा दलित, मधेशी र जनजातिले बिदेशी पैसा खाएर हिन्दुधर्मलाई विनास गर्न खाेज्दैछन भन्नु हास्यस्पद अर्तनाद हाे । धर्मनिरपेक्षता, पहिचान र संघीयता माग्ने आदिवासी, दलित र मधेसीकाे कारण हाेइन, बरू उनै स्वार्थी बाहुनकाे कारण हिन्दुधर्मकाे हुर्मत गरिदैछन् । दलित र जनजातिहरू जातीय उत्पीडनबाट मुक्ति पाइएलाकी भनेर क्रिश्चियन भाका छन् भने बाहुनहरू पैसाकाे लागि ।

ख) जातीय छुवाछुत र विभेद

हिन्दुधर्ममा भएकाे कट्टरपन संस्कार अन्तत: हिन्दुधर्मलाई नै हानी हुने कुरा हाे । हिन्दुहरूमा जस्ताे जातीय छुवाछुत अन्य धर्ममा हुन्न । बुद्धिष्ट, क्रिश्चयन र मुस्लिम धर्ममा लाग्नेहरूमा विभेद हुन्न । ती धर्मशास्त्रमा निपुण हुने वित्तिकै ती धर्मकाे कर्मकाण्डमा जाेसुकै पुरेत तथा पुजारी हुन सक्छ । तर हिन्दुधर्ममा त्याे हुन्न । कुनै दलित हिन्दुधर्मशास्त्रकाे पारङ्गत भए पनि उस्लाई बाहुन समाजकाे पण्डित र पुरेतकाे रूपमा स्वीकारिन्न । अरू त परकै कुरा हाे, त्याे काले राई हिन्दुधर्मशास्त्रकाे प्रख्यात बाहुनहरूभन्दा पनि विद्वान भएर जनै भिरेर आफूलाई आर्य भन्दाभन्दै पनि उसलाई बाहुनले घरमा हुलेर पूजारी तथा पुरेत बनाउन चाहेन ।

हाे, यस्ताे विभेदबाट मुक्तिकाे अनुभूति प्राप्त गर्न केही दलित र जनजातिहरूले धर्म परिवर्तन नगरेका हाेइनन् । आफूलाई हिन्दु बनाउदा बनाउदै पनि बाहुनहरूबाटै विभेद खेप्नुपरेपछि त्यसकाे विकल्प के हुनसक्छ ? दलितकाे काेखमा जन्म लिएका हिजाे भारतका महामानव तथा विद्वान भिमराव अम्बेडकर लाखाैंकाे संख्यामा आफ्ना समर्थकहरू सहित त्यसै बुद्घधर्ममा प्रवेश गरेका थिएन । किन हिन्दुधर्म विश्वव्यापी नभएर भारत र नेपालमा मात्रै खुम्चेर रहेकाे छ ? किन हिन्दुधर्ममा आर्यनश्ल(बाहुन) बाहेक अरू नश्लिय जातिहरू आकर्षित हुन सकेनन् ? यसरी भाेली हिन्दुधर्म लाेप हुनसक्ने भयकाे कारण यसलाई राज्यसत्ताकाे सुरक्षाकवच प्रदान गर्न नेपाललाई धर्मनिरपेक्ष राज्य नबनाएर हिन्दुराज्य नै बनाउनु पर्ने जाेड त गरेका हाेइनन्, अतिवादीहरूले ?

ग) गरिवी

गरिवी दशकाे राेग हाे । जनता आफै आफ्नाे कारणले गरिव हुने हाेइन, राज्यसत्ताकाे अवैज्ञानिक नीति तथा कार्यक्रमकाे कारण देश गरिव हुने हाे । नेपाललाई संसारकै गरिब देशकाे सुचिमा राख्ने सत्ताधारी हुन् कि हलाे जाेत्ने किसान हुन ? नेपालकाे सत्ताकाे बागडाेर कस्काे हातमा छ ? राज्यसत्ताकाे राजनीतिक तालाचाबी आफ्नै हातमा भएर पनि कुनै कुराकाे दाेष जनजाति, दलित र मधेसीलाई दिन मिल्छ ? बाहुन त आर्थिक प्रलाेभनमा पर्छ भने सदियाै वर्षसम्म राज्यबाट किनारा लगाइएकाे र विपन्न बनाइएकाे समुदाय स्वाभाविक रूपमा प्रलाेभनमा पर्छन् । हाे, क्रिश्चियन मिसनरीहरूले नेपालकाे गरिवी , विपन्नता र अज्ञानतामा खेलिरहेका छन् । गाँस, वास र कपासकाे प्रलाेभनमा नेपालीहरूलाई क्रिश्चियन बनाइरहेका छन् । याे सबैलाई चुनाैतिकाे विषय हाे ।

वास्तवमा ईशाइधर्म बुद्धधर्मकै “बाई-प्राेडक्ट” हाे भन्ने कुराकाे बाेध गर्न नसक्ने अज्ञानताले पनि यसाे भएकाे हाे । एकातिर समानता र न्यायमूलक प्रतगिशिल समाज निर्माणमा नलागी जातीय विभेद गरिरहने र भ्रष्टाचार गरेर देशमा उन्नति नगरी जनतालाई गरिवीमा रहन वाध्य बनाइरहने; र अर्काेतिर हिन्दुधर्मकाे विरूद्ध चलखेल भाे भनेर राेइकराइ गर्नु भनेकाे गल्ली साफ नगरेर झिंगामात्र मार्ने प्रयत्न गर्नु हाे । फाेहर गल्ली रहुन्जेल झिंगाकाे समस्या रहिरहन्छ । हाे, हिन्दुधर्मकाे फाेहर गल्ली भनेकाे स्वार्थीबाहुन, जातीय विभेद र गरिवी हन् । पहिले यसकाे सफाई हुनुपर्छ ।

 

बिश्लेषक, लेखक “जातियमुक्ती र लोकतन्त्र”, अनुवादक “क्रुसमा नमरेका बौद्धमार्गी जिसस क्राइष्ट”

सचिब – राष्ट्रिय जनमुक्ति पार्टी । 

Source: फेस्बुक वालबाट 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %