खपाङीको जिवनि ग्रन्थ प्रकाशनार्थ मगर संघ यूके बाट सहयोग प्राप्त !

Read Time:3 Minute, 33 Second

मगर संघ युके केन्ट साखाको अधिबेसन नोभेम्बरमा हुने !

(एटा सम्बादाता)

Image may contain: one or more people, people sitting, table and indoor

आश्फोर्ड- केन्ट, अक्टोबर १८ – नेपालका समाजबादी नेता, स्व.गोरेबहादुर खपाङीमगरको जिवनिमा आधारित स्मृति ग्रन्थ प्रकाशनकोलागी मगर संघ यूके बाट एक लाख रुपैया र मगर संघ केन्ट शाखा बाट रु ७९,२००  (£ 520) फाउन्डेशनले सहयोग प्राप्त गरेको छ । 

६ अक्टोबर २०१८ का दिन आश्फोर्ड, केन्टमा मगर संघ युके केन्ट साखाको नियमित त्रैमासिक बैठकमा संस्थाका अध्यक्ष बिजय हितानमगरले उक्त कुरा जानाकारी गराउनु भयो । नेपाल बाट गोरेबहादुर खपांगी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापा मगरले रकम प्राप्त गरि धन्यबादपत्र समेत पठाएको अध्यक्ष हितानमगरले जानाकारी गराउनु भयो ।

बैठकले आगामी नोभेम्बर ४ आइतवारको दिन ७ औं अधिबेशन सम्पन्न हुने बिषयमा ब्रिस्तित छलफल गर्यो  । नयाँ कार्यसमिती चयन गर्न दिपक काउचाको नेत्रुत्वमा  चार सदस्यिय निर्वाचन मन्डल गठन गरिसकिएको छ। यसका अन्य सदस्यहरुमा सिता पुन, होम रोका, र रुद्र थापा हुनुहुन्छ । बैठकमा निर्वाचन मन्डलका सचिव सिता पुनले अक्टोबर २१ तारिखभित्र नयाँ कार्य समितिमा बसेर काम गर्न आफ्नो उम्मेदवारि दिईसक्न आवहान गर्दै निर्बाचनका कार्यशैलिका बारेमा प्रश्ट पार्नुभयो ।

बैठकमा संस्थाको आर्थिक कोश, र सम्पत्तीको आन्तरिक लेखा पारीक्षण गरेर प्रतुत गरिएको थियो । त्यसैगरी महिला उपसमितीको पनि आर्थिक विवरण प्रस्तुत गरिएको थियो । गतबर्ष बुद्दिलाल गाहाद्वारा निर्मित “सालीभेना” फिल्म प्रदर्शन गरेर गोरेबहादुर खपाङी फाउन्डेसनलाइ खपाङीको जिवनि ग्रन्थ प्रकाशनार्थ आर्थिक सहयोग जुटाइएको थियो । यस सहयोगार्थ रु ७९,२०० (£ 520) फाउन्डेशनले प्राप्त गरिसको जानकारी कोषाध्यक्ष रामु थापाले दिनुभयो ।

त्यसैगरि काठमान्डु भ्यु टावर परीयोजनामा लगानीको अवसरको बारेमा पनि चर्चा गरिएको थियो ।

बैठकको अन्त्यमा बिजय हितानमगर द्वारा निर्मित प्रथम सहिद लखन थापामगरको जिवनिमा आधारित नाटक ‘सहिद को सपना’ प्रदर्शन गरिएको थियो ।

संस्थाका अध्यक्ष बिजय हितानमगरको सभापतित्वमा सम्पन्न बैठकलाई सचिव इश्वर आलेले सन्चालन गर्नुभएको थियो । बैठकमा संस्थाका प्रायजसो सबै पदाधिकारी, सल्लाहकार, महिला उपसमितिका सदस्य, मगर बिजिनेस फोरुमका सदस्य, मगर संघ युके केन्द्रिय सदस्य, र अन्य सर्बसाधारणको बाक्लो उपस्थिती रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %