नश्लीय सत्ताधारीको कारण पहिचानको मुद्दा संकटमा – अध्यक्ष – पालुडंवा

Read Time:2 Minute, 56 Second

मिगीन मगर
न्युयोर्क , २७ असोज सनिबार ।

नेपाल आदीवासी जनजाति महासंघ अमेरिका फिप्ना द्दारा आयोजित पहिचान आन्दोलन वारे अन्तरक्रीया एवम् स्वागत कार्यक्रममा प्रमुख अतिथि बहुल राष्ट्रीय मार्चाका नेता , राष्ट्रीय जनमुक्ती पार्टी अध्यक्ष के पी पालुपडंवाले नश्लीय सत्ताधारीको कारण पहिचानको मुद्दा गम्भीर संकटमा परेको बताए । 
  

नेकपा अहिले सक्तीशाली पार्टी भएको तर सत्ता नश्लवादी भएकाले आदीवासी जनजाति दलित , महिला पिछडीएका समुदाय राज्यको कुनै पनि स्थानमा पुर्ण समावेसी नभएको , केही भएता पनि हात्तीको देखाउने दाँत जस्तो कुनै निर्णायक पदमा नराख्कोले सरकार नश्लवादी भएको आरोप लगाए । नाम आयो भन्दैमा पहिचान स्थापित नहुने भन्दै अधिकार सम्पन्न पहिचान हुन पर्ने जाहेर गर्नु भएको थियो । सम्पुर्ण अधिकार स्थापित गर्न नेपालमा काग्रेस कम्युनिष्ट भन्दा अलग पहिचानवादीहरु एकिकृत भइ तेश्रो शक्ती बनाउन पर्ने बताउदै जनमुक्ती पार्टीले पहिचानवादी लगायत पार्टी मिली बहुल राष्ट्रीय मार्चा स्थापना गर्न लामों समय देखि पहल गरिरहेको जानकारी गराउनु भयों ।

जनमुक्ती पार्टीले जनतालाइ अधिकार सम्पन्न बनाउन नश्लीय संविधान संसोधनको माग होइन संविधानको पुनर्लेखन गर्न तेश्रो जनान्दोलन गर्ने बताए ।
प्रवासमा रहेका सम्पुर्ण नेपालको नोट चल्ने  भोट नचल्ने दुखद रहेकोलो नागरिता निरन्तरता साथै पुर्ण अधिकार सहितको हुन पर्ने  पार्टीले २९ बुंदे माग मा राखेको जानकारी दिनु भयों ।
नश्लीय सत्ताको खेलमा सरकारले चुनावमा हारेका वामदेव गौतम ल्याउन अर्को दासढुगां बनाउन सक्ने जाहेर गर्नु भयों ।
कार्यक्रमको सभापति महासंघका अध्यक्ष मानबहादुर मगर रहेका थिए भने कार्यक्रम संचालन महासंघका उपाध्यक्ष राजकुमार बिष्टले गर्नु भएको थियो । उक्त कार्यक्रम मा महासंघमा आवद्द जातिय सस्थाका प्रमुख लगायत पहिचानवादी दल एवम् सुभचिन्तकहरु उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %