युके मगर संघ केन्ट शाखाद्वारा खपाङ्गी स्मृतिग्रन्थलाई आर्थिक सहयोग !

Read Time:2 Minute, 46 Second

विजय हितान
केन्ट युके, अगस्ट १ – युके मगर संघ केन्ट शाखाले गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्वारा प्रकाशन हुन गइरहेको गोरेबहादुर खपाङ्गी स्मृति ग्रन्थलाई आर्थिक सहयोग गरेको छ ।

जुलाई २८ तारिखका दिन युके मगर संघ केन्ट शाखाद्वारा आयोजित वार्षिक कार्यक्रममा संस्था तथा कार्यक्रमका अध्यक्ष विजय हितानले युके पाउन्ड ५२०/– अर्थात् नेपाली ७५,०००/– बराबर रकमको चेक सो कार्यक्रमका प्रमुख अतिथि, फान्डेशनका सचिव कवि/गीतकार भावेश भुमरीलाई हस्तान्तरण गरेका हुन् । उक्त रकम बुद्धिलाल गाहाद्वारा निर्मित चलचित्र ‘सालीभेना’ प्रदर्शनबाट सङ्कलन गरिएको हो ।

बेलायतको केन्ट, डोभरमा आयोजित एक भव्य कार्यक्रमलाई फाउन्डेशनका सचिव भुमरीले दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए भने आफ्नो मन्तव्य राख्दै खपाङ्गी फाउन्डेशनका बारेमा जानकारी दिएका थिए । भुमरीले आफ्नो उद्देश्य भनेको संस्थाले सिर्जनात्मक काम गर्दै खपाङ्गीलाई आम नेपालीसम्म लैजाने हो भने । सोही उद्देश्यअनुरुप स्मृति ग्रन्थ प्रकाशन गर्न गइरहेको कुरा पनि भुमरीले बताए । भुमरीले युके मगर संघ केन्ट शाखाले उपलब्ध गराएको रकम स्मृति ग्रन्थ प्रकाशनका लागि प्रयोग गर्ने र रकमका बारेमा स्मृति ग्रन्थमै उल्लेख गर्ने प्रतिवद्धता जनाए । भुमरीले संस्थाका अध्यक्ष विजय हितान र सिङ्गो मगर संघ केन्ट शाखाप्रति विशेष धन्यवाद ज्ञापन गरे ।

भुमरी केही समयका लागि विभिन्न कार्यक्रमका लागि बेलायतमा रहेका छन् भने गोरेबहादुर खपाङ्गी स्मृतिग्रन्थका सम्पादक पनि भुमरी नै हुन् । हालसम्म विभिन्न लेखकहरूबाट स्मृतिग्रन्थका लागि लेखरचनाहरू प्राप्त भइरहेका छन् भने विभिन्न र दाताहरूबाट रकम पनि प्राप्त हुँदै आएको छ । स्मृति ग्रन्थ स्तरीय रुपमा केही समयमै प्रकाशन हुने छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %