बेलायतमा गीतकार भुमरीको गीत लेखन प्रशिक्षण !

Read Time:5 Minute, 5 Second

बिजय हितान

बेलायत ,जुलाई – विश्व नेपाली साहित्य महासंघ केन्द्र र युकेको साउथ शाखाले आफ्नो आठौँ वार्षिकोत्सव गीत लेखन गोष्ठी र भानु जयन्ती कार्यक्रम आयोजना गरेर मनाएको छ ।

Image may contain: 6 people, including Biswasdip Tigela, people standing

विश्वभरि छरिएर बसेका नेपाली साहित्यकारहरूलाई एउटै सूत्रमा आवद्ध गराई सिर्जनशील लेखनमा एकजुट बनाउने उद्देश्यले स्थापित यस महासंघ केन्द्र र युकेको साउथ शाखाले विभिन्न कार्यक्रहरू आयोजना गर्दै आएका छन् । यसै क्रममा जुलाई आठ तारिखका दिन बेलायतको साउथ शाखाका कार्यवाहक अध्यक्ष करिष्मा घमको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरेको हो । केन्टोवरीमा आयोजित सो कार्यक्रम नेपाली भाषी आदिकवि भानुभक्त आचार्यको २०५ ओँ जन्मजयन्तीका अवसरमा भानुको तस्बिरमा अध्यक्षबाट खादा ओढाएर सुरु गरिएको हो । भानुभक्तका बारेमा संक्षिप्त परिचय कविद्वय सन्धया गुरुङ र लाहाङ चेम्जोङले दिएका थिए ।

Image may contain: Bhavesh Bhumari, smiling, standing

अर्को चरणको कार्यक्रममा नेपालबाट केही समयका लागि बेलायत आएका गीतकार भावेश भुमरीले उपस्थित साहित्यकार, गीतकार र साहित्यानुरागीहरूलाई गीत लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । गीतकार भुमरीले आफू गीत लेखनमा लाग्दाको प्रसङ्गदेखि गीत लेखनमा लाग्दाका सङ्घर्ष र अनुभवहरूलाई पस्केका थिए । गीतको सिद्धान्त र सिर्जनामै स्नातकोत्तरको शोधपत्र गरेको सन्दर्भ कोट्याउँदै भुमरीले सर्जकले आफ्नो विधाको सिद्धान्तलाई थोरै भए पनि अध्ययन गरेर अगाडि बढ्दा सिर्जना राम्रो हुने कुरा राखेका थिए ।

गीत लेखनसम्बन्धी प्रशिक्षण दिँदै भुमरीले गीतको परिचय, गीत र कवितामा समानता र भिन्नता, गीतका विशेषताहरू, गीतका तŒव, गीतको संरचना या बनावट, गीत रचनामा उचित शब्द चयन, गीतका विषय र गीत सिर्जनामा अपूर्णतालाई पूर्णतालगायतका विभिन्न विषयमा प्रशस्त व्याख्या गरेका थिए । गीत रच्दा प्राविधिक रूपले गीतकार जति कुशल हुन सक्यो त्यति गीत राम्रो हुने कुरामा भुमरीले जोड दिएका थिए । यसको अभावमा गीतकारले गीत सिर्जनामा कुन ठाउँमा कमीकमजोरी भयो भन्ने कुरा थापा नपाउने कुरा राखेका थिए । गीतको लोकप्रियता साहित्यका सबै विधाभन्दा बढी भएको वास्तविकता कोट्याउँदै भुमरीले यसमा कलम चलाउन पनि जोड दिएका थिए । उनले दिएको प्रशिक्षण गीत रच्न चाहनेहरूका लागि प्राविधिक रूपले निकै लाभदायक बनेको थियो ।

Image may contain: 3 people, including Biswasdip Tigela and Bhavesh Bhumari, people smiling, people sitting, people standing and indoor

विश्व नेपाली साहित्य महासंघ केन्द्रका अध्यक्ष विश्वासदीप तिगेलाले आफ्ना कुरा राख्दै भावेश भुमरीको प्रशिक्षणबाट आफू धेरै लाभान्वित भएको र उपस्थित सबैलाई लाभ पुगेको कुरा राखेका थिए । यस प्रकारका कार्यक्रमले सर्जकलाई ताजकीकण गर्न धेरै भूमिका खेल्ने कुरा पनि व्यक्त गरेका थिए । आफ्नो संस्थाले यस्तो कार्यक्रम आयोना गर्न पाउनु सौभाग्य भएको कुरा पनि व्यक्त गरेका थिए । विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ शाखाका सल्लाहकार तथा साहित्यकार विजय हितानले पनि प्रशिक्ष्णबाट आफू लाभान्वित भएको कुरा राखेका थिए । हितानले कार्यक्रममा महासंघले अगस्त १२ मा आयोजना गर्न गइरहेको अन्तर्राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिएका थिए ।

Image may contain: 2 people, including Bhavesh Bhumari, people standing

सङ्गीतकार तथा गायक थिर थापाले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता गरिरहेकी कवि तथा गीतकार करिष्मा घमले सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेपछि अर्को चरणको अनौपचारिक कार्यक्रममा धेरै सर्जकहरूले आफ्ना सिर्जना सुनाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %