नेफिन यूकेको प्रेश बिज्ञप्ति , मन्त्री पण्डितको निन्दा !

Read Time:4 Minute, 36 Second

राज्यसत्ता,
बेलायत, ४ जुलाई- नेपाल राष्ट्रको बृहत्तर विकासमा बिगत लामो समयदेखि प्रवासमा रहेका नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ ।
Image may contain: text

बिक्रम सम्बत २००७ सालको क्रान्तिदेखि लिएर वर्तमान संविधानको खाका कोर्नसम्म नेपालीहरुले बिदेशी भूमिमै बसेर खेलेको भूमिकाको इतिहास साक्षी छ । बिगत २०० बर्षदेखि गोर्खाली सैनिकहरुले भारत, सिंगापूर, ब्रुनाई र बेलायत लगायत अन्य राष्ट्रहरुसंगको दौत्य सम्बन्ध प्रगाढ बनाउन खेलेको भूमिका अतुलनीय छ । गोर्खालीहरुको निवृत्तिभरको लागि आएको बिदेशी मुद्रा होस् वा बिदेशमा काम गरिरहेका नेपालीहरुले पठाउने रेमिट्यान्स, नेपालको अर्थतन्त्रको मेरुदण्ड रहिआएकोमा दुई मत छैन । अझ गैर–आवासीय नेपाली संघले हालैका बर्षहरुमा बिदेशमा रहेका नेपालीहरुको ज्ञान, सिप र लगानी नेपाल भित्र्याई नेपालको आर्थिक, शैक्षिक र भौतिक विकासमा योगदान पुर्याउन शुरु गरेको अभियान आफैंमा उदाहरणीय छ ।

तर हालैमा आएर नेपाल सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डितले बिभिन्न सञ्चारमाध्यमहरुमा बिदेशमा बसोवास गरिरहेका नेपालीहरुलाई अपमान गर्ने क्रमलाई तिब्रता दिंदै उनीहरुलाई गालीगलौजपूर्ण शब्दहरु प्रयोग गरेर अपमान गर्नुभएको छ । उहाँले प्रवासमा रहेका नेपालीहरुलाई ‘भूतपूर्व नेपाली’ जस्तो अमर्यादित शब्द प्रयोग गरी उनीहरुको अपमान गरेकोप्रति नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेको गम्भिर ध्यानाकर्षण भएको छ ।

माननीय मन्त्री लालबाबु पण्डितको यस्तो अपमानपूर्ण टिप्पणी अञ्जानमा भएको भूलभन्दा पनि नियतबस आएको र यो पहिलो पटक नभएर बिगतको निरन्तरता हो भन्न सकिने आधारहरु धेरै छन् । बिदेशमा रहेका नेपालीहरुलाई उहाँले यस्ता शब्दहरुले मात्र नभएर कर्मले समेत बिभेद गर्न खोजेको तथ्य उहाँले अवलम्वन गर्न खोज्नुभएको प्रवासी नेपालीहरुबिरुद्दका आक्रामक नीतिहरुमा समेत प्रतिविम्वित भएका छन् । एकातिर नेपालको संविधानको भाग २ को धारा १४ ले बंशजको आधारमा गैर–आवासीय नेपालीहरुलाई सामाजिक, आर्थिक र साँस्किृतिक अधिकारहरु सहितको नेपाली नागरिकता प्राप्त गर्न सक्ने अधिकार प्रदत्त गरेको छ भने अर्कातिर त्यही सम्विधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारीका लागि जनमत पाएका सरकारका मन्त्री पण्डितले प्रवासी नेपालीहरुलाई यसरी बारम्बार अपमान गर्नु र हालैमा आएर ‘भूतपूर्व नेपाली’ समेत भन्नुले हामी प्रवासी नेपालीहरुको भावनामा गहिरो चोट पुगेको छ ।

मन्त्री पण्डितको यो शैली निन्दनीय छ । उहाँको यस कर्मलाई रोक्न नेफिन यूके नेपाल सरकार र सम्बन्धित निकायहरुमा हार्दिक अपिल गर्दछ । त्यसका लागि बेलायतवासी नेपालीहरु लगायत विश्वभर रहनुभएका नेपाली जनसमुदायलाई एक्यवद्दताको लागि नेफिन यूके हार्दिक आग्रह गर्दछ ।

_____JS______KL_____
जंग सुनुवार —–खुशी लिम्बु
अध्यक्ष —————महासचिब

मिति: २ जुलाई २०१८, लण्डन ।
बोधार्थ: नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रीय कार्यालय काठमाण्डौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %