मगर संघ अमेरीकाको महाधिवेशन सम्पन्न,अध्यक्षतामा कुलदीप !

Read Time:5 Minute, 30 Second

दिल प्रसाद थापा मगर
कुल बहादुर राना मगर (कुलदीप ) को अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध निर्बाचित ।

मिति जुन २४, २०१८ आइतबारको दिन मगर संघ अमेरिका केन्द्रिय समितिको सातौ राष्ट्रिय महाधिबेसन सम्पन्न भएको छ । अमेरिकाको मुख्य शहर न्युयोर्कमा आयोजित त्यस कार्यक्रमलाई मगर संघ अमेरिकाको पूर्व महासचिब तथा नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाका केन्द्रिय अध्यक्ष र कार्यक्रमका मुख्य बक्ता मान बहादुर राना मगर र संघका केन्द्रिय अध्यक्ष रुद्र आले मगरले नेपालका प्रथम सहिद लखन थापामगरको फोटोमा खादा अर्पण गरि उद्घाटन गर्नु भएको थियो ।

यस कार्यक्रम उद्घाटन शत्रमा कार्यक्रमका मुख्य बक्ता मानबहादुर राना मगर साथै अमेरिकामा रहनुभएका मगर समुदायका अग्रज व्यक्तित्व तथा संघका सल्लाहकार डा.गंगा पुर्जा पुनमगर, मगर संघ अमेरिकाका पूर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र कुमार थापामगर, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार दल बहादुर रोकामगर, आदिबासी जनजाती महिला महासंघ का अध्यक्ष संगिनी रानामगर, नेपाल प्रहरीका पूर्व डि.आइ.जी. पार्वती थापा मगर, नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिका अध्यक्ष सुमन बुढामगर, बोस्टन मगर समाजका अध्यक्ष सुर्य बहादुर थापामगर, नेपाल आदिबासी जनजाति महासंघ अमेरिकाका सल्लाहकार तथा मगर संघ अमेरिकाका पूर्व सल्लाहकार प्रदीप परियार थापामगरले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

शुभकामना मन्तब्य राख्ने क्रममा सम्पूर्ण अतिथि हरुले मगर संघ अमेरिकाले उपलब्धिमुलक काम गरिरहेको र अझै थप उपलब्धिमुलक कामको लागि अमेरिकामा रहेका सम्पूर्ण मगरहरु एक भै अगाडी बढ्नुको विकल्प नरहेको जिकिर गर्नु भएको थियो । मगर संघ अमेरिका  केन्द्रिय समिति का अध्यक्ष रुद्र आले मगरको अध्यक्षतामा   सम्पन्न भएको सो कार्यक्रमको उद्घाटन सत्रको संचालन / सहजीकरण सघका कार्यबाहक महासचिब नरेन्द्र थापामगरले  गर्नु भएको थियो । यसै गरि यस सातौ राष्ट्रिय महाधिबेसनको बन्दशत्रमा संघको संगठनिक प्रगति प्रतिबेदन  कार्यबाहक महासचिब नरेन्द्र थापामगर र आर्थिक प्रतिबेदन कोषाध्यक्ष अनिता थापामगरले प्रस्तुत गरि बृहद छलफल गरि पारित गरेको थियो ।

मगर संघ अमेरिकाको दश बुदे आगामी कार्ययोजनाको घोषणा गरि सम्पन्न बन्द सत्रले कुल बहादुर  रानामगर (कुलदीप) को अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति निर्बिरोध निर्बाचित गरेको थियो । यस नया कार्यसमितिको बरिस्ठ उपाध्यक्ष लक्ष्मी कुमारी रानामगर, उपाध्यक्षहरुमा अनिल रोकामगर , अम्बर रजान मगर र रुकु राना मगर , महासचिव सुमन पुन मगर , सचिव मन बहादुर थापा सर्बुजा मगर , कोषाध्यक्षमा रवि  थापामगर  , सहकोषाध्यक्ष आशिष थापामगर हुनुहुन्छ भने सदस्यहरुमा सुरेन्द्र प्रताव मगर, चन्द्र बहादुर गुर्मछान मगर, खुम कुमारी थापामगर, बिष्णु थापामगर, दिनेश बुढामगर र बिरेन्द्र पुन मगर हुनुहुन्छ ।

संघका सल्लाहकार तथा निर्वाचन  समितिका प्रमुख आयुक्त डा. गंगा पुर्जा पुनमगरको सहजिकरणमा सम्पन्न सो बन्दशत्रमा मगर संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टर समिति, न्युजर्सी , न्युयोर्क च्याप्टर समिति लगायत बोस्टन, कनेक्टिकट गरि अमेरिकाभरिका ५० भन्दा बढी प्रतिनिधि पर्यबेक्षक हरुको उपस्थिति थियो । यस महाधिबेसन बाट नया कार्यसमिति निर्बाचनको लागि डा. गंगा पुर्जा पुन मगरको नेतृत्वमा संगिनी रानामगर र प्रदीप परियार थापामगर सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो । कार्यक्रमको अन्त्यमा आफ्नो कार्यकाल अबधिमा र यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई संघको तर्फबाट अध्यक्ष रुद्र आले मगरले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %