महान नेता खपाङ्गीका डा. देवकोटाको निधन (प्रेस बिज्ञाप्ती सहित)

Read Time:6 Minute, 12 Second

 राज्यसत्ता
काठमाण्डौ , असार ६ – महान नेता स्व.गोरेबहादुर खपाङ्गीका डाक्टर उपेन्द्र देवकोटाको कलेजोको क्यान्सर बाट  निधन भएको छ । देवकोटा नेपालका स्नायु चिकित्सा क्षेत्रका मूर्धन्य व्यक्तित्व हुनुहुन्थ्यो  । उहां गत मंसिरदेखि कलेजोको क्यान्सरले थलिनु भएको  थयो  ।

नेपाली चिकित्सा क्षेत्रमा बिशिष्ठ योगदान पुर्याई तमाम बिरामीहरुलाई नया“ जीवन प्रदान गर्नुभएका बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको गम्भीर बिरामीका कारण यही असार ४ गतेका दिन असामयिक निधन भएको छ ।

डाक्टर देवकोटाको निधनले चिकित्सा क्षेत्रमा अतुलनीय क्षति पुगेको छ , देशले एक असल ब्यक्ति गुमाएको छ । यस दुखद घडीमा डाक्टर देवकोटाको शोकबिह्वल परिवारका सदस्यहरुलाई धैर्यधारण गर्ने  क्षमता प्राप्त होस भन्ने प्राथना गर्दै देवकोटाप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौ भन्दै गोरेबहादुर खपाङ्गी फाउन्डेशनको तर्फबाट अध्यक्ष हुमबहादुर थापा मगरले प्रेसबिज्ञाप्ती निकाल्नु भएको छ ।

भूतपूर्ब मन्त्री तथा महान नेता गोरेबहादुर खपाङ्गीको २०७० बैसाक १२ गते मोटरसाईकल दुर्घटना र सिंगापुर उपचारपछि मिति २०७० मंसिर १४ गते देखि २०७१ जेठ महिनाको अन्तिम हप्तासम्म करिब साढे ६ महिना न्यूरोअस्पताल बा“सबारीमा डाक्टर उपेन्द्र देवकोटाको नेतृत्वमा उपचार भएको थियो ।
नेता खपा“गीको v.p sunt र sijar लगायत बिभिन्न उपचारकार्यमा डाक्टर देवकोटाको अविस्मरणीय योगदान मात्र होइन , करिब ९ लाख ५० हजार रुपैया“ डाक्टर देवकोटाद्धारा नै मिनाहा गरिएको कुरा यहा“ स्मरण गर्न चहान्छौ“ ।
तत्कालिन राजा ज्ञानेन्द्रको मन्त्रीमण्डलमा खपाङ्गी महिला बालबालिका तथा समाजकल्याण मन्त्री र देवकोटा स्वास्थ्य मन्त्री हुनुहुन्थ्यो ।
देवकोटाको निधनमा कस्ले के भने:
नन्द बहादुर घर्ती – रोल्पा
डा.देवकोटाको पार्थिव शरीरमा हार्दिक श्रद्धाञ्जली
न्यूरो सर्जन डा।उपेन्द्र देवकोटाको निधनले न्यूरो विधामा परेको अपुरणीय क्षतिले मर्माहित वनाएको छ । उहाँप्रति हार्दिक श्रद्दाञ्जली र परिवारजनमा गहिरो समवेदना ।
डा।देवकोटाको नेतृत्वमा बाँसवारस्थित न्यूरो हस्पिटलमा नेता खपाङगीको उपचार पनि भयो । दिनहुँ हस्पिटलको वार्डमा आउदा नेता खपाङगीलाई नेता ज्यू नमस्कार गर्नु हुन्थ्यो । लोकेन्द्र बहादुर चन्दको नेतृत्वको सरकारमा यी दुवै मन्त्री हुनुहुन्थ्यो । त्यसले पनि डा।देवकोटाले नेता खपाङगीलाई नजिकवाट वुझ्न र चिन्न अवसर मिल्यो । समय घर्केको अन्तिम घडीमा नेता खपाङगी उपचारको नेतृत्व यिनै डा।देवकोटाले गरेका थिए ।

लोकेन्द्र बहादुर चन्दको नेतृत्वको सरकारमा नेता खपाङगी र डा।देवकोटा मन्त्री हुनुहुन्थ्यो । डा।देवकोटाले नेता खपाङगीलाई नजिकवाट वुझ्ने आधार नै यहि मन्त्रीकाल थियो र उनले नेता खपाङगीलाई निकै आदर गथ्र्ये ।
बाँसवारीस्थित उनकै हस्पिटलमा नेता खपाङगीको उपचारमा लागेको खर्चमध्ये ९ लाख ५० हजार रकम यिनै डा।देवकोटाले मिनाहा गरिदिई ठूलै गुण लगाएका छन । नेता खपाङगीलाई राजनीतिक गुरु नमानेको भए यो सम्भव थिएन । सहअस्तित्वको सिद्दान्तको परिपालनाको अभ्यास नै यहि हो ।
पछिल्लो समय डा।देवकोटा राष्ट्रिय जागरण अभियानका संयोजक पनि थिए । देशमा विदेशी शक्तिहरुको दवदवा बढ्यो, राष्ट्रिय स्वाभिमान कमजोर भयो भन्ने नै त्यो अभियानको मुल सार हुनुपर्छ । यो परिस्थिति सिर्जना हुनुमा वर्तमान सत्तासीन दल नै मुख्य जिम्मेदार छन । तसर्थ, प्रतिनिधिसभा निर्वाचनमा डा।बाबुरामलाई हराउन वाम गठबन्धनसँग मिसिएर हिड्नु तादात्म्यता मिलेन कि ?
डा.देवकोटाप्रति भावपूर्ण श्रद्दासुमन ।
शिब राना मगर – काठमाण्डौ
अति कुशल न्युरोसर्जन, पुर्व मन्त्रि एबम अनुसाशन प्रिय ब्यतित्वका धनि डा उपेन्द्र देवकोटा ज्यु संग श्रध्यय खपांगी उपचार को क्रममा ब्रिफिंग लिदा र अन्य मौकामा समेत भेटघाट वार्तालाप गर्ने मौका जुरेको थियो तर अब त्यो सबै दोहोरिने छैन, उहा चिर निन्द्रामा प्रवेश हुँदा उहाँको परिवार र आफन्तजनमा धैर्य धारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरुन !!! 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %