देब पचभैया
पाल्पा, जेठ १८ – रामपुर नगरपालिका वडा नंम्बर ७ किसानबारीमा अटो रिक्सा दुर्घटनामा ३ जना घाइते भएका छन ।
लु १ ह ५७० नम्बरको अटो रिक्सा दुर्घटना हुदा रामपुर ५ का १९ वर्षका मिलन गैरे, रामपुर ६ विजयपुरका १८ वर्षिय पुजा ढुङ्गाना, रामपुर ६ कै १७ वर्षिय शसि गैरे घाइते भएको इलाका प्रहरी चौकी रामपुरले जनाएको छ ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास, तानसेनमा उपचार भइरहको छ ।
