बाम सरकारको ज्यादती, शान्तिर्पूण आन्दोलन माथी हस्तक्षेप ,गुरुंग र मुस्लीम नेता पक्राउ !

Read Time:2 Minute, 6 Second

राज्यसत्ता ब्युरो ,

Image may contain: Jham Grg, hat and outdoor

रुपन्देही, बैशाख २८ – देशमा बढ्दै गएको भ्रष्टाचार,तस्करी ,कालोबजारी, महंगी र बिदेशी हस्तक्षेपको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी ५ नं.प्रदेश परिचालन समितिद्धारा आज मिति २०७५ बैसाक २८ गते बुटवलमा आयोजित बिरोध प्रर्दशनको क्रममा प्रहरीद्धारा प्रदेश परिचालन समितिका प्रमुख तथा केन्द्रिय उपाध्यक्ष हाजी डा. मोहमद हसन र रुपन्देही जिल्ला अध्यक्ष झमबहादुर गुरुंगलाई गिराफ्तार गरिएको घटना प्रति पार्टी केन्द्रिय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । लोकतान्त्रिक एबं शान्तिर्पूण ढंगले गरिएको कार्यक्रम असफल पार्न प्रहरी प्रशासन गिरफ्तारीको हद् सम्म उत्रनु भनेको हदै सम्मको अप्रजातान्त्रिक र निन्दनिय कार्य भएकोले त्यसको हामी घोर निन्दा र भत्र्सना गर्दछौ । साथै, पार्टी नेताहरुलाई तत्काल बिनार्सत रिहाई गर्न समेत माग गर्दछौ ।
प्रेस बिज्ञप्तिको पुरा पाठ पढ्नुहोस !

यदि प्रहरी प्रशासनको यस ज्यादतीको कारणले कुनै अप्रीय घटना भएको खण्डमा त्यसको सम्पूर्ण जबाफदेहि स्थानिय प्रहरी प्रशासन र नेपाल सरकार हुनेछ भन्ने तर्फ पनि खबरदारी गर्न चहान्छौ पार्टीका महासचिब केशब सुर्यबंसीले राष्टिय जनमुक्ति पाटीको तर्फ बाट प्रेस बिज्ञाप्ति जारी गर्दै प्रहरी प्रशासन र नेपाल सरकारलाइ गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %