नेपालका राष्ट्रिय कलाकारका साथमा बेलायतमा खुल्ला सास्कृतिक कार्यक्रम हुने ।

Read Time:4 Minute, 51 Second

बमबहादुर थापा (सूर्यवंशी)


लण्डन ६ मे २०१८ – बेलायतमा हुने एक मात्र नेपाली हरु बिचमा सर्वाधिक चंर्चामा रहेको नेपाली खुल्ला सास्कृतिक कार्यक्रम सदा झैँ  यो शालमा पनि ९ जुन २०१८ शनिवारको दिनमा फ़ार्नबोरो च्यारीफिल्ड फुटवल कल्बमा  मगर संघ युकेले आयोजना गर्ने भएको छ  ।

 
यो अवसरमामा नेपालवाट अति नै चर्चित कलाकारहरुलाई आमन्त्रित गरिएको छ ।  नेपाल आईडलमा उतकृष्ट चार सम्मको यात्रा तय गर्न सफल सागर आले मगर जस्ले छोटो समय मै लोकप्रिय, कर्णप्रिय एवं भर्साटाइल गायक बन्न सफल सागर आले मगरले बेलायत भरि छरिएर बसेका सम्पूर्ण  नेपालीहरुको  मन जितन सफल भएका छन् ।  अर्को  काठमाडौँको स्वयम्भुमा जन्मेकी धादिङ्गमा हुर्केकी धेरै नबोलने लज्जालु स्वभावकि गित संगीत भने पछि सानै देखि हुरुक्कै हुने नेपालकी बहुचर्चित लोक दोहारी गायिका मिना लामा आउदै छिन । मिना लामा आधुनिक लोक दोहारी गायिका मात्र नभएर टेलिभिजन कार्यकर्म इन्द्रिनी आधुनिक तथा अन्य गितहरु पनि गीत गायर लाखौ दर्शक को मन जित्न सफल बहु  प्रतिभाकी धनी छिन  । तनहुँबाट लाखौ दर्शकको मन जित्नु सफल पदम थापा मगर आउदै हुनुहुन्छ । पदम थापा एक चर्चित लोक दोहारी गायकका साथमा चर्चित कौडा गीतका रचनाकार पनि हुन् ।


अर्की  तनहुँकी कर्ली कपालमा राम्री देखिने बबाल बेली डान्सर लोक दोहोरि गायिका प्रिति आले जसलाई बेली गायिकाले चिनिन्छन । नेपाल भन्दा बाहिरको देश अरबिक देशमा पपुलर बेली डान्समा चर्चित बेली डान्सर प्रिति आले छिन । हाँसेर मात्र बोल्ने मिठो बोलीका धनी, २०५६ शाल देखि कलाकारिता क्षेत्रमा लागेका नेपालका चर्चित कलाकार  बिमल राज क्षेत्री । जुनै गीत पनि  राम्रा उत्तिकै भाबुक बनाउने  र सन्देश मुलक गित गाउन सक्षम पर्बत जिल्लामा जन्मे पनि नेपाल अधिराज्य भरि नै अति चर्चित छन् ।

आमन्त्रित नेपालका  ख्याति प्राप्त लोक तथा दोहोरी, आधुनिक र पप गीतका धनी कलाकारहरुको बेजोड उपस्थिति रहने छ । नेपाली खुल्ला सास्कृतिक कार्यक्रम २०१८  “Nepali Open Concert 2018” जुन को ९  तारिक शनिबार २०१८  को दिन बिहान ११ बजे देखि बेलुकी ८ बजे सम्म चेरीफिल्ड फार्नबोरो फूटबल क्लबमा हुने भएको छ   ।

बेलायतकोलागि नेपाली राजदुतको प्रमुख अतिथी तथा अन्य बिशेष अतिथीहरु, नेपाल वाट केहि विशिष्ट व्यक्तिहरु, बेलायत बासी नेपाली समूदायका अग्रजज्यूहरु, उधमि- व्यवासायी ज्यूहरु, संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लगायत बेलायतबासी नेपाली जन समुदायहरुको बाक्लो उपस्थितिमा हुने आयोजकहरुको भनाई रहेको छ ।

यस कार्यक्रमको मुख्य संयोजक बम बहादुर थापा (सूर्यवंशी) उपप्रमुख  मुख्य संयोजक सिता पुन र मगर संघ युकेका ११ वटा शाखाका अध्यक्षहरु संयोजकको भूमिका निभाउने हुँदा गत शालहरुमा भन्दा यो शालमा अझ  भब्य र सभ्य हुने बुद्धिजीवीहरुको भनाइ रहेको छ ।

 

यो  कार्यक्रमलाई भब्य र सभ्य सफल पार्नमा बेलायतबासी संचार कर्मी साथीहरुको महत्त्वपूर्ण भूमिका रहनेमा मगर संघ युकेले आफ्नो सस्थागत मान्यता राखेको छ । बेलायतमा संगठित विभिन्न रेडियो अनलाइन, टेलिभिजन, साप्ताहिक पत्रिकाका संचार कर्मी मित्र हरुको बीच पत्रकार सम्मेलन शनिवार २ जुन २०१८ मा राखिएको छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %