फोरम सत्तामा जान आतुर,उत्पीडित समुदाय हेरेको हेर्य भए !

Read Time:4 Minute, 28 Second

फोरम सत्तामा!उत्पीडित जाती समुदायका नेता,चितामा !!भयो भने, मेरो प्रिय फोरम परित्याग गर्न बाध्य हुनेछु।

पहिचान र अधिकारवादी आन्दोलनका महानायक साम्सद रेशम चौधरी ज्यूलाई, आफ्नो उत्पीडित जाती र समुदायको पहिचान र अधिकारवादी आन्दोलनलाई समर्थन गरेकै भरमा, तत्कालीन टिकापुरको हजारौं आन्दोलनको अक्रोशित भिडमा मारिएका ७ सुरक्षाकर्मि र २ वर्षे वालकको झुठो हत्याको अभियोग जवर्जस्त भिराइएको हो भन्ने सर्वोच्च अदलातका पूर्व न्यायाधीश गिरिष चन्द्र लालको सम्योजकत्वमा बनेको छानविन आयोगको प्रतिवेदनले स्पष्ट भएको छ।

उहाँ २ वर्ष प्रवास रहेकै अवस्थामा गत सम्सदिय निर्वाचनमा,घटनास्थल भनिएको कैलाली निर्वाचन क्षेत्र १ टिकापुरवाट सम्बिधान सभामा ३४हजार ३ सय ४१ मत, आफ्नो निकटम प्रतिद्वन्द्वी भन्दा दुई तिहाई बढीमत ल्याई बिजयी हुनुभएको थियो।
तत्पश्चात सम्मानित अदालतलाई ४० हजार जनमतको सम्मान र छानविन आयोगको प्रतिवेदन,घटनास्थल प्रकृति र प्राप्त प्रमाणको यथार्थमा रहि न्यायसंगत फैसला मार्फत,जातिय सद्भाव कायमगर्न सहजहोस् भन्ने हेतुले,उहाँ केहिदिन अगि कैलालीको सम्मानित जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभएको थियो।

विडम्बना! आत्मसमर्पण पश्च्यात पनि, बाहुनवादी राज्यसत्ताको इसरामा, ४० हजार साक्षी,वास्तविक प्रमाण र घटनास्थल प्रकृतीको विरुद्धमा, सारा उत्पिडित जनतालाई डर त्रास र धम्काउदै, तिमिहरुले आफ्नो पहिचान र अधिकार खोज्यौभने यस्तै गराएर राख्ने छौं, तिमि हरु दोर्सोदर्जाका नागरिक हौं तिमिहरु दासता अवस्थामा नै रहनु पर्छ भन्ने साङ्केतिक थ्रेड दिदै, अनशन अवस्थामा बेहोस अवस्थामा रहेका श्रदेयनेता चौधरीलाई विभिन्न यातना सहित नेल र हत्कडी लगाएर सामन्य मानविय समवेदना समेत धजिया उसाउदै kp सरकारले नाङ्गो नाच देखाएको छ।

यस्तो अति सम्बेदनशिल अवस्थमा, मेरो गौरवशाली पार्टी सङ्घिय समाजवादी फोरम, त्यही अन्यायी अत्याचारी kp को सत्ता सहकार्यमा जान खुट्टो उचालेको देखिन्छ। मुलुकको प्रमुख समस्या पहिचान र अधिकार नै हो, यहि पहिचान र अधिकार नै हाम्रो पार्टीको सुगन्ध हो, संविधान संशोधनको मुद्दापनी पहिचान अधिकार सङ्ग नै सम्बन्धित छ…। यदी यसो होभने, हाम्रो पार्टी यहि मुद्दा सम्बन्धित श्रदेयनेता चौधरीलाई, kp सरकारले यस्तो अमानवीय अततायी दुख दिदा समेत किन चुप छ..? kp सरकारसङ्ग यो विषयमा किन कुरा गर्दैन..? हामी हजारौं पहिचानवादी नेता तथा कार्यकर्ताहरु उहाँको विषयमा अत्यन्तै चिन्तित छौं।

अहिले श्रदेय नेता चौधरी icu मा हुनुहुन्छ रे..? कथन कदाचित दुर्भाग्यवश उहाँलाई केही भै हाल्योभने, हाम्रो गौरवशाली फोरमको पहिचान अधिकारको नारा ढोगी एवं मौसमी सावित हुने ठहर गर्दै, मैले मेरो प्रिय, सङ्घिय समाजवादी फोरम नेपाललाई परित्याग गर्न बाध्य हुनेछु।

हरि बहादुर घर्तिमगर
भुपु अध्यक्ष नेपाली सङ्घिय समाज युएई
अर्थात सङ्घिय समाजवादी फोरम नेपालको प्रवास समिती।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %