कतारमा राष्ट्रिय पर्व खी-ल्होसार भब्य सम्पन्न

Read Time:10 Minute, 46 Second

कृष्ण सारू मगर
Image may contain: 2 people, people on stage

दोहा-कतार, ३० डिसेम्बर “तमु हरूको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ आयोजना गरिएको “खी” ल्होसार तथा स्यो कैं कार्यक्रम २०१७” समृद्धि र एकरुपताको सुत्रधार बनोस् “ल्होसार” सारा तमूले गर्वसाथ हाम्रो महान पर्व भनोस् “ल्होसार” भन्दै, ग्रैण्डमल नजिकै रहेको सनैया स्थित अल डल्ला ड्राईभिङ्ग एकेडमीको सभाहलमा तमु गुरूङ्ग समुदायको नयाँ वर्ष “च्यह ल्हो” लाई बिदाई गरी “खि-ल्हो” राष्ट्रिय पर्वलाई आपसी भेटघाट तथा शुभकामना आदान-प्रदान गरि भब्य मनाए ।

“प्ये म्हस्या छ्या म्यु, छ्या म्हस्या म्हे म्यु, म्हे, म्हस्या ल्हु म्यु” अर्थात, “शास्त्र रहे संस्कार रहन्छ, संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे परम्परा रहन्छ, परम्परा रहे मानिसको सह-अस्तित्व र पहिचान रहन्छ ” भन्ने मुल मन्त्रलाई आत्मासाथ गरि निष्कर्षमा, तमु गुरूङ्ग समाजले २००४ मा स्थापित भएको विशुद्ध समाजिक संस्था हो ।

गत २२ डिसेम्बरका दिन सम्पन्न छेलो फाल्ने प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७÷१८का लागि तमु गुरूङ्ग कतारका म्रु (गुरूङ्ग राजा) छनौटमा सर्वोकृष्ट भएका बिरुवा-४ स्याङ्गजाका दिनेश तमु गुरुङ्ग र उत्कृष्ट भएका बनस्थली १६ काठमाडौंका अशोक तमु गुरूङ्ग राजा र साह्यक राजा भएका हुन् । समाजले द्वयलाई सार्वजनिक गर्दै, समाजका प्रमुख संरक्षक बिल गुरूङ्ग, संस्थापक अध्यक्ष समेत रहेका संरक्षक राम ब. तमु गुरूङ्ग, र बुधवल गुरूङ्ग, सभापति रस गुरूङ्ग र खेलकुद संयोजकको सह्योगमा कप तथा प्रमाण-पत्र प्रदान गर्दै समाजले सम्मान गरेको हो ।

यसैगरी सोही गैर आवासीय नेपाली संघ समन्वय परिषद २०१७÷२०१९ कार्यकालका निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथि, तमु (गुरूङ्ग) समाजका संरक्षकहरूको सह्योगमा समाजले तमु गुरूङ्ग समुदायको पवित्र (क्रेगी) फेटाले सम्मान गर्दै सम्मान पत्र प्रदान गरिएको थियो ।

सोही समारोहबीच तमु प्ये ल्हु संघका सचिव चन्द्र ल्हेगे तमु र सहारा तमुल्स्योको संयोजकत्वमा आएकी चेलीबेटीले तमु (गुरूङ्ग) समाजका अध्यक्ष रस गुरूङ्गलाई “खी” ल्हो वर्षले सदैव, सबैमा सुखी, सुखी, शान्ति, समृद्धि तथा सु-स्वास्थ्य एवं दिर्घायूको कामना गर्दै समाजको समृद्धि उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना दिए ।

प्रतिमा तमुल्स्यो गुरूङ्गले तमु गुरूङ्ग समुदायको नयाँ वर्ष “च्यह ल्हो” लाई बिदाई गरी “खि ल्हो” महान राष्ट्रिय पर्वलाई” तमू ल्होसारै आशिमलाँ “
” तमू ल्होसारको शुभकामना ” दिँदै, तमु गुरूङ्ग समुदायको मौलिक साँस्कृतिक राष्ट्रिय महान पर्व “खि”-ल्होसारको महत्त्वका बारेमा प्रष्टाएकी थिए । समाजका उपाध्यक्ष भाईकाजी गुरूङ्गको स्वागत तथा महासचिवको संचालनमा सम्पन्न सभापतित्व समाजका अध्यक्ष रस तमु गुरूङ्गले गरेको उक्त “खी” ल्होसार कार्यक्रम समाजको मातहतमा रहेको विभिन्न शाखा, उप-शाखाको प्रतक्ष सह्योगमा सम्पन्न भएको हो ।

प्रमुख आतिथि नेपाली दुतावासका द्धितिय सचिव हरि अर्याल रहनु भएका थिए । विशेष अतिथिमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, गैर आवासीय नेपाली संघका अध्यक्ष नवीन पोखरेल, आईसिसिका सदस्य कुमार कार्की, टिबी कार्की, नेपाल पत्रकार महासंघ वैदेशिक शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर ब.रोका मगर, नेपाली संघिय समाजका हिराधन राई, विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न क्षेत्रीय, वर्गीय, धार्मिक, साँस्कृतिक, साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकार, विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवीहरू अतिथि रहेका थिए ।

शुभकामना मन्तब्यको क्रममा नेपाली दुतावासका द्धितिय सचिव प्रमुख अतिथि अर्यालले विभिन्न संघ, संस्थाले आयोजना गरेको विभिन्न कार्यक्रममा सबै संघ, संस्थालाई फजुल खर्च नगर्न आग्रह गर्नु भएको थियो ।
विभिन्न संघ, संस्था, संगठनहरूको प्रतिनिधित्व गर्दै, गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष नवीन पोखरेल, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष देवराज राई, विभिन्न जिल्लावासी समाजको प्रतिनिधित्व गर्दै लमजुङ्ग सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठ लगायतका वक्ताहरूले आ-आफ्नो भनाई राख्दै शुभकामना दिए । विभिन्न समाजिक अभियान्ताको प्रतिनिधित्व गर्दै, शनि कुमार वलीले धर्मनिरपेक्ष, संघिय गणराज्यलाई संस्थागत गरी अब व्यावहारमा सबै, जाति, भाषा, धर्म, संस्कृतिको सम्मान गर्नु पर्नेमा जोड दिनु पर्ने बताए ।
Image may contain: 9 people, crowd and indoor

मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न मातृ संस्थाहरूको प्रतिनिधित्व गर्दै किराँत राई यायोक्खाका अध्यक्ष एकराज राईले हाम्रो मातृभूमि देश नेपाल बहु-भाषिक, बहु-धार्मिक, बहु-साँस्कृतिक बहु पहिचान एवं भौगोलिक विविधताको सुचिमा भएको राष्ट्र हो । खासगरी नेपाली भुमिपुत्र आदिवासीजनजातिका समुदायलाई राज्यले जातीयताको राजनिती ग¥यो भनी बिल्ला भिराईएको छ । वास्तवमा हामी आदिवासीजनजाति समुदायको परम्परागत मौलिक संस्कार, संस्कृतिको संरक्षण-संवर्द्धन र प्रवर्द्धन गर्ने अधिकार बाट बन्चित बनाउने अधिकार कसैलाई छैन । उनले थपे हाम्रो आफ्नो मातृ भाषा, लिपि, धर्म, संस्कृतिको राज्यले जगेर्ना गर्नु नैतिक जिम्मेवारी रहेको टिप्पणी गरे । राईले थप्दै भनेका छन् । सिङ्गो राष्ट्र रहे नेपाल र नेपाली रहने हो । तसर्थ, सिमित स्वार्थमा लुप्त भई “म, मेरो” भन्ने यथास्थितिवादी चिन्तनका संकिर्ण विचारलाई त्यागेर शुद्ध मन देखि नै समग्रको भलाईका लागि आफ्नो धरातल भन्दा माथि उठेर म, मेरो परिवार, समुदाय, समाज र देशलाई समृद्ध राष्ट्र निर्माणका लागि असल ब्याक्ति बनेर सबैले आ-आफ्नो भुमिका निर्वाह गर्नु पर्ने समेत आग्रह गरे । थप्दै भने, विशुद्ध समाजिक अवधारणा बोकी झण्डै डेढ दशक अगाडि स्थापना भएको तमु (गुरूङ्ग) समाज निरन्तर समाजिक सद्भाव, भातृत्व एकता, संगै, तमु (गुरूङ्ग) समाजले परम्परागत मनाउँदै आएको आफ्नो समुदायको मौलिक पर्व, संस्कार, संस्कृती र पहिचानको संरक्षण-संवर्द्धन र प्रवर्द्धन गर्दै, अरूको संस्कार संस्कृति र पहिचानको पनि सम्मान गरेको प्रति समाजलाई खुलेरै प्रशंसा गर्दै शुभकामना दिए ।

राष्ट्रिय लोक तथा दोहोरीका चर्चित गायक गगन गुरूङ्गको लोक सालैजो, पञ्चेबाजा भाकामा रहेको आधा दर्जनभन्दा बढी नेपाली मौलिक गीतमा उपस्थित सबैलाई नचाउन सफल भए । नेपाली तथा गुरुङ्ग चलचित्रकी नायिका तथा “(तमु चलचित्र नायिका समेत रहेकी बहुचर्चित टेलिश्रृखला “मेरी बास्सै)” की हाँस्यकलाकार (मङ्गली) रजनी गुरूङ्गको नृत्य प्रस्तुतिलाई तमु साँस्कृतिक विभागीय कलाकारले भरपुर मनोरञ्जनमा साथ दिएका थिए ।
यसैगरी दोहा-कतारमा निकै चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायिका देविका केसी गुरुङ्गले आफ्नो प्रस्तुतिमा उपस्थित सबैलाई नचाउन सफल भए ।
साँस्कृतिक कार्यक्रम समाजका सचिव तेज गुरूङ्ग र प्रतिमा गुरूङ्गको संयुक्त संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %