हङकङमा लाफा इन्भेष्टमेन्टको भेटघाट तथा अन्तरक्रिया सम्पन्न

Read Time:3 Minute, 31 Second

एमबी आस्था मगर

हङकङ, ९ पुस

“एकता नै बल हो, इमान्दारिता नै धर्म हो” भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले आइतबार हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम सम्पन्न गरेको हो । नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूको सामूहिक लगानीमा स्थापित कम्पनीले शेयर तथा हाल सञ्चालित लाफा भिलेज परियोजनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

“आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ भएको कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य एवं कानूनी मामिला प्रमुख अधिवक्ता रक्षा बहादुर रैकामगरले कम्पनीको स्थापना र उद्देश्यबारे आफ्नो प्रस्तुती राखेका थिए । त्यस्तै कम्पनीका चार्टर्ड एकाउण्टेण्ट (सीए) जनक थापामगर र कम्पनीका संस्थापक सदस्य एवं एबीसी न्यूज टेलिभिजनका प्रदेश नं. ४ का प्रादेशिक ब्यूरो प्रमुख एमबी आस्था मगरले पनि कम्पनीको आय व्यय तथा मुनाफाको अवस्था र लगानीका सम्भावनाबारे प्रस्तुती राखेका थिए ।

लाफा इन्भेष्टमेन्ट लिमिटेड हङकङका संयोजक जंग थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कम्पनीका शेयर सदस्य वसन्त श्रीनेतमगरले गरेका थिए । सो अवसरमा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, ठकुरी समाज हङकङका अध्यक्ष ईश्वर विक्रम शाह, मगर संघ हङकङका सदस्य धर्मराज थापामगर, प्रवक्ता एवं पत्रकार तुल्सीराज रानामगर, व्यवसायी जगदीश आलेमगर, चितवन समाज हङकङका अध्यक्ष ओमराज गुरुङ, समाजसेवी केबी बुढाथोकी लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममार्फत १ सय जनाभन्दा बढीले शेयर लिने प्रतिबद्धता जनाएका छन् ।

कम्पनीले हालसम्म नेपालका विभिन्न सहरहरू पोखरा, धरान, इटहरीलगायत विदेशमा कुवेत र कतारमा भेटघाट तथा अन्तरक्रिया

कार्यक्रम सम्पन्न गरिसकेको छ । निकट भविष्यमा जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुर लगायतका देशमा समेत कार्यक्रम गर्ने लक्ष्य राखिएको कम्पनीकी अध्यक्ष चन्द्र ज्योति आलेमगरले जानकारी दिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %