मगर संघ हङकङले माघे संक्रान्ति जनवरी १४मा धुमधामले मनाउने

Read Time:1 Minute, 44 Second

रूद्र श्रीसमगर

पोखरा, ४ पुस

मगर संघ हङकङले विगतका वर्षमा झैं माघे संक्रान्ति पर्व धुमधामले मनाउने भएको छ । यस वर्ष पनि आगामी जनवरी १४ तारिखका दिन मगर संघ हङकङले विविध सांस्कृतिक कार्यक्रमसहित माघे संक्रान्ति मनाउने तयारी गरिरहेको अध्यक्ष युगमाया रानामगरले जानकारी दिइन ।

माघे संक्रान्ति कार्यक्रममा परम्परागत मगर परिकार, खेलकुद साथै, सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने अध्यक्ष रानामगरले जानकारी दिए । अध्यक्ष रानाको अनुसार मंकी हिलमा हुने कार्यक्रम अघि बाजागाजा र मगर जातिको मौलिक पहिचान झल्किने सांस्कृतिक झाँकीसहित ¥याली समेत हुनेछ ।

कार्यक्रममा परम्परागत खेलकुद अन्तर्गत छेलो, डोरी तान्ने, म्यूजिक चेयर र घैंटो फुटाउने प्रतियोगिता आयोजना गरिनेछ भने नाचगानतर्फ हुर्रा, कौरा, पुख्र्यौली नाच, सालैजो, झ्याउरेलगायत रहने अध्यक्ष रानामगरले बताइन । त्यस्तै, मगर परिकारहरूमा खिचडी, तरुल, बटुक, सेल रोटी, बीबीक्यु, भुटुवालगायत रहनेछन् ।

साथै, कार्यक्रममा आकर्षक मगर पहिरनमा सहभागी एक पुरुष र एक महिलालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको रानामगरले जानकारी दिइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %