कतार महासंघकाे प्रेस विज्ञप्ति

Read Time:2 Minute, 40 Second

कृष्ण सारू मगर

 

दोहा-कतार, १७ डिसेम्बर गएको मंसिर २१, २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कैलाली १ बाट जनताको अमूल्य मत लिई प्रतिनिधिसभामा भारी मत प्राप्त गरी निर्वाचित भएका माननीय रेशम चौधरी लाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र कानूनतः स्वतः उपलब्ध गराउनु पर्नेमा सरकारले जनादेशलाई कुल्चिएर आनकानी र जालसाजी गरेको प्रति नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार गम्भीर ध्यानाकर्षण गर्दछ, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालको हरेक राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक परिवर्तनमा न्याय अधिकार, पहिचान र अस्तित्वको लागि संघर्षरत न्यायिक थरुहट आन्दोलनमा सङ्लग्न भएको आरोप खेपिरहेका चौधरीले आदिवासी जनजातिहरूले रगत, पसिना बगाउँदै अमूल्य त्याग, बलिदान गरेको इतिहास छर्लंग रहेको स्मरण गराउँदै लोकतन्त्रको महत्वपूर्ण प्रक्रिया निर्वाचनमा अभिव्यक्त मतलाई निर्वाचन आयोग र नेपाल सरकारले लोकतन्त्रकै खिल्ली उडाउने जस्ता लज्जास्पद कृयाकलाप प्रति महासंघ घोर आपत्ति जनाएको छ ।

उक्त प्रेस विज्ञप्तिमा भनिएको छ लोकतन्त्रिक गणतन्त्रको स्थापित मूल्य र मान्यताको स-सम्मान गर्दै निर्वाचन आयोगले विजयी माननीय रेशम चौधरीलाई अबिलम्ब निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्न महासंघ कतार विशेष आग्रह गर्दछ । नागरिकको नैसर्गिक राजनीतिक अधिकार बमोजिम माननीय चौधरीलाई बिना शर्त प्रमाण पत्र नदिएमा महासंघ कतार केन्द्रिय महासंघ र विभिन्न देशमा स्थापित महासंघसंग सहकार्य गदै प्रवासबाट जुनसुकै परिस्थितिमा आवश्यक कदम चाल्न पछाडी नहट्ने यसै विज्ञप्ती मार्फत संवन्धित निकाय र रोकारवालालाई सचेत गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %