सागर धमाका साँझ” क्या…. दामी भो “।

Read Time:2 Minute, 25 Second

राज्यसत्ता  

९ डिसेम्बर ,२०१७ 

मगर महिला संघ स्विन्दन शाखा द्वारा आयोजित अहिलेका चर्चित वर्सटाइल गायक भनेर चिनेन सागर आले धमाका साँझ अत्यन्त सफलताका साथ सम्पन्न भएको आयोजकले जनाएका छन ।

यु केको बिभिन्न शहरहरुमा सफल संगीतक प्रस्तुती दिएर तहल्का मच्चाएका गायक आलेको स्विन्दन कार्यक्रम पनि उत्तिकै चर्चित रह्यो । खचाखच दर्शकले भरिएको हल कार्यक्रम अबधी भर सन्ङितिक माहोलले तताएको थियो । उनको जादुमय स्वोर सुन्न लालायित श्रोता दर्शक टाढा टाढा बाट ओीरिएको आयोजकले जनाए । अन्य स्थानमा कार्यक्रम हेरिसकेका दर्शक हरु पनि फेरी दोर्हाई ,तेर्हाई उनलाई सुन्न र हेर्न जम्मा भएका थिए ।

गायक आलेले 1974 A.D को ” यो मन त मेरो नेपाली हो” भन्ने गीत गाएर हल तताउन सुरु गरे भने एकताकाका चर्चित गीतहरु “डाँडैमा मेला लागेछ” ,”यो जिन्दगानी “,”क्या ..दामी भो” आदि गीतहरु उनको मिठासले भरिपूर्ण स्वोरमा सजिदा नयाँ गीत झै लाग्यो ,सहभागी एक दर्शकले जनाए । केही दिन अघी मात्र रिलिज भएको उनको स्वोर रहेको “पल्ल्ला घरकी नानी “देखी बिभिन्न रक ,पोप ,सालैजो भाकाका गीतहरु गाएर उपस्थित दर्शकको मन जित्न सफल भए ।

उक्त कार्यक्रममा लोक गायिका ईन्द्र गुरुङ्ले सलैजो गीत हरु पस्केर दर्शक हरुलाई नाच्न सफल पारीन भने ,अर्का गायक बिग आईकन विजेता साजन आलेले फेस्बुकले लगायतका बिभिन्न डान्स नम्बर गीतहरु पस्केर सबैको मन जित्न सफल भए ।

राती अबेर सम्म सन्चालन गरिएको उक्त कार्यक्रमको अन्त सम्म पनि हल खाली हुन मानेन ,”सागर धमाका साँझ साच्चिकै क्या….. दामी भो.. एक दर्शकले बताए “। 

Photo courtesy:H .gurung,Cr Magar

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %