कतारमा तीन किराँतीले संयुक्तरूपमा आफ्नो साँस्कृतिक पर्वलाई भब्य मनाए

Read Time:7 Minute, 34 Second

कृष्ण सारू मगर,

दोहा कतार, ९ डिसेम्बर किराँत समुदायको महान राष्ट्रिय चार्ड “साकेला उधौली, रापवा श्यादर पिदार, चासोक तङ्नाम ५०७७ तथा बृहत् साँस्कृतिक कार्यक्रम २०१७” सनैया स्थित अल डल्ला ड्राईभिङ्ग स्कुलको सभाहलमा सम्पन्न सामुहिक कार्यक्रम कतारमा पहिलोपटक भब्य मनाएका छन् ।

किरायाको, “साकेला सिली”, सुनुवार समुदायले “श्यादर सिली” कियाचुको “तङ्नाम” परम्परागत संस्कार, संस्कृतिको सहित पुजा आराधना गरी मनाएको समारोहमा साँस्कृतिक झाँकीको महत र अस्तित्वको बारेमा बताउँदै, सुसेस शाखा कतार, किराया शाखा कतार र किराचु यी तीन किराँतीहरूले संयुक्तरूपमा आयोजना गरिएको उक्त कार्यक्रममा आ-आफ्नो मौलिक पहिचान झल्किने भेष-भुषाले प्राकृतिक पुजक भएको दावी गरेका डम्वर कुमार लिम्वुले भने, प्ररस्तुत झाँकी संयोजकले आ-आफ्नो समुदायको बारे जानकारी गराएका थिए ।

अतिथि कलाकार दिपा सुहाङ्ग लिम्बूको प्रस्तुत साँङ्गितिक कोशेली “झम्के मायाँले” गीतको बोल रहेको गीतमा उपस्थित दर्शकले भरपुर मनोरञ्जन लिए । यसैगरी विभिन्न अवार्डले समेत सम्मानित राष्ट्रिय लोक तथा दोहोरी गायिका कल्पना सुनुवारले कार्यक्रमलाई सम्बोधन गर्दै, पहिलो गीति एल्बममा समावेश “डाँडामा विजुली आयो” सहित झण्डै आधा दर्जन साँङ्गगितिक प्रस्तुतिले भरपुर मनोरञ्जन गराउँदै दर्शकलाई नचाउन सफल भए । यसैगरी वरिष्ठ संगीतकार तथा गायक जितेन्द्र राईले आधा दर्जन भन्दा बढी गीत प्रस्तुत गरेर मनोरञ्जन गराएको साँङ्गितिक कार्यक्रमलाई तीन किराँती समुदायको आ-आफ्नै मातृभाषा र मौलिकता झल्किने विभिन्न साँङ्गितिक प्रस्तुतिमा स्थानीय कलाकारहरूले साथ दिएका थिए । सम्पन्न उक्त साङ्गितिक कार्यक्रमलाई अरबिन्द लिम्बूले संचालन गरेका थिए ।

किराया, कियाचु र सुसेसमाजले किराँती समुदायको मौलिक तथा संस्कृति पर्वलाई भब्य रूपमा सम्पन्न गराउन नेपाल बाट तीनै जना अतिथि कलाकारहरू किराँती समुदायको आ-आफ्नो विशुद्ध जातीय समाजले आयोजना गरेको साँस्कृतिक कार्यक्रमको निमन्त्रणामा आएका हुन् ।

प्रमुख अतिथि नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राई रहेका थिए । विशेष अतिथिमा वरिष्ठ संगीतकार तथा गायक जितेन राई, गायिका दिपा सुहाङ्ग लिम्बू, कल्पना सुनुवार, गैर आवासीय नेपाली संघ आईसिसिका विमल सुवेदी, गैर आवासीय नेपाली संघका काबा अध्यक्ष तेज कुवाल, विभिन्न पेशा, ब्यावसायी, बुद्धिजीवी तथा समाजसेवी, विशिष्ट ब्याक्तित्वहरू रहेका थिए । नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर ब.रोका मगर, तमु (गुरूङ्ग) समाजका अध्यक्ष रस तमु, नेपाली संघिय समाजका अध्यक्ष डिएन पाङ्गी मगर, संघिय लिम्बुवान समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बू, हिराधन राई, लगायत विभिन्न मातृसंस्थाका प्रमुख तथा प्रतिनिधि, क्षेत्रीय, वर्गीय, धार्मिक, तथा साँस्कृतिक, साहित्यिक, संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न मिडियामा आवद्ध पत्रकार वंधुलाई सीता राई, अम्बिका लिम्बू र सरस्वती सुनुवारले अतिथि सत्कार गरेकी हुन् ।

प्रमुख अतिथि, विशेष अतिथि र सभापतिलाई कार्यक्रमका उपसम्योजक दिपेन्द्र राईले फेटा ओढाई सम्मान गरिएको समारोहबीच प्रमुख अतिथि, विशेष अतिथि सभापति र समाजसेवी तथा बुद्धिजीवीले सामुहिक रूपमा विक्रम चेतनशील राईको विभिन्न चार भाषा तथा लिपिमा प्रकाशित ३६ वटा समावेश गजल संग्रह “तुवचुङ्ग” कृतिलाई लोकार्पण गरेको हो ।

उक्त गजल संग्रह कृृृतिको समिक्षाको भुमिका पाएका रेगिस्तानी वरिष्ठ कवि तिर्थ संगम राईले धेरै भाषामा प्रकाशित गरेेेका सर्जक तथा गजलकार विक्रम चेतनशील राईलाई बधाई तथा शुभकामना दिए ।सुसेसमाजका अध्यक्ष तथा कार्यक्रम उपसम्य‍ोजक सामूयल सुनुवारले किराँत समुदायको महान पर्व र किराँतीहरूका विविध विषयमा प्रस्ट पारेका थिए ।कतारमा स्थापित विभिन्न समाजिक संघ, संस्थाको प्रतिनिधित्व गर्दै विषेश अतिथि गैर आवासीय नेपाली संघका काबा अध्यक्ष तेज कटुवालले शुभकामना दिए ।

प्रमुख अतिथि नेपाल प्रवासी आदिवासीजनजाति महासंघका अध्यक्ष देवराज राईले कार्यक्रमलाई सम्बोधन गर्दै भने, जसरी तीन किराँती समुदायले आफ्नो साँस्कृतिक पर्व मानउन संयुक्त आयोजनामा एककृत भएका छन् । प्रमुख अतिथिले थप्दै भने, किराँत समुदायको इतिहास, मौलिक पहिचान, अधिकार, सह-अस्तित्वलाई संरक्षण-संवर्द्धनका लागि तीन किराँती समुदायको एकजुट भएका छन् ठीक त्यसरी नै लिम्बुवानको ऐतिहासिक पहिचानका मुद्दामा एकजुट हुन आग्रह गर्दै शुभकामना मन्तब्य राखेका थिए ।

कियाचुका अध्यक्ष तथा कार्यक्रम उपसंयोजक राजेन्द्र साम्याम्खामको राईको स्वागत तथा सुनुवार सेवा समाजका महासचिव समेत रहेका नीर कुमार सुनुवारको संचालनमा सम्पन्न कार्यक्रमको किराँत राई यायोक्खाका अध्यक्ष तथा कार्यक्रम संयोजक एक राज राईले सभापतित्व गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %