मगर बुद्धिस्ट सोसाइटी युकेको च्यारेटी डिनर नाइट् सम्पन्न ।

Read Time:2 Minute, 18 Second

२ डेसेम्बर ,२०१७ ,

राज्यसत्ता ,यु. के

मगर बुद्धिस्ट सोसाइटी यु केको दोश्रो वार्षिक उत्सव समारोह सफलताका साथ सम्पन्न भएको छ ।लुम्बिनी बुद्ध विहार निर्माणार्थ मगर बुद्धिस्ट सोसाइटी द्वारा आयोजना गरिएको उक्त च्यारेटी डिनर नाइट् भव्यताका साथ सम्पन्न भएको उक्त संस्थाका जनरल सेक्रेट्री रिम गलामी मगरले जनाएका छन ।

नेपाली हरुको घना वस्ती रहेको अल्डर्शोट शहरमा गरिएको उक्त कार्यक्रमका लागि नेपालका ख्याती प्राप्त कलाकारहरु रुपा घर्ती मगर र पवन राना मगरको भव्य प्रस्तुती रहेको थियो । गायक द्वयले नेपाली लोक दोहोरी ,सालैजो ,कौरा गीत लगायत अन्य आधुनिक पप गीतहरु पस्केर उपस्तित दर्शकको मन जितेका थिए ।

उक्त कार्य्क्रम्मा पुर्व ब्रिटिश सैनिक ७७ बर्शिय जोशिला गायक विर गाहा मगरले “जहाँ छन बुद्धका आँखा “गीत पस्केर सबैलाई मन्त्र मुक्ध पारेका थिए। उनले ६५ बसन्त नामक एल्बम निकालेर आफुलाई पाको उमेरमा पनि उत्तिकै जोसिलो गायकको रुपमा आफुलाई स्थापित गरिसकेका छन ।

संघ अध्यक्ष कृष्ण दर्लामीको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा लुम्बिनी बुद्ध विहार नोर्थोल्तका भन्टे ईन्द्रशक ,मगर संघ यु केका अध्यक्ष नेम थापा ,संस्थापक अध्यक्ष थर्क राना ,पुर्व अध्यक्ष कुल थापा ,उपादक्ष्य अनिता राना लगायतका विशेश अतिथीहरुको उपस्त्थिती रहेको थियो ।

संस्थालाई डोनेसन दिएर सहयोग पुर्याउने बिभिन्न व्यक्तित्वो हरुलाई खादा लगाएर सम्मान गरिएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %