तमु (गुरुङ) समाज, कतारले “खी” ल्होसारलाई भब्य मनाउने तैयारी

Read Time:2 Minute, 29 Second

कृष्ण सारू मगर

दोहा-कतार, २८ नोभेम्बर तमु गुरूङ्ग समुदायको नयाँ वर्ष “च्यह ल्हो” लाई बिदाई गरी “खि ल्हो” महान पर्वलाई यहि आउँदो २९ डिसेम्बर २०१७ शुक्रबारका दिन ग्रैण्डमल नजिकै रहेको सनैया स्थित अल डल्ला Image may contain: 2 people, people smilingड्राङ्भिङ्ग एकेडमीको सभाहलमा तमु ल्होसार भब्य मनाउने भएको छ ।

अतिथि कलाकारहरु (कौडा, सालैजो, चुट्का) चर्चित राष्ट्रिय लोक गायक गगन गुरुङ्ग, नेपाली तथा गुरुङ्ग चलचित्रकी नायिका रजनी तमू, “(तमु चलचित्र नायिका समेत रहेकी बहुचर्चित टेलिश्रृखला “मेरी बास्सै) ” की हाँस्यकलाकार (मङ्गली) लाई तमु साँस्कृतिक विभागका कलाकारहरुले साथ दिने छन् ।

तमु (गुरूङ्ग) समाज कतारले विगतमा वर्षमा भन्दा यस वर्ष अझ बृहत् किसिमले यस “खि” ल्होसार कार्यक्रमलाई भब्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन तमू संस्कृति झल्काउने विभिन्न साङ्गितिक प्रस्तुतिहरुको साथमा विविध थप रोचक मनोरञ्जनका लागि नेपालबाट चर्चित राष्ट्रिय कलाकारलाई निमन्त्रणा गरिएको समाजका महासचिव समेत रहेका प्रचार प्रसार संयोजक खुसीमान गुरुङ्गले हामीलाई बताए ।

भनिएको छ ” तमू ल्होसारै आशिमलाँ “
” तमू ल्होसारको शुभकामना “
समृद्धि र एकरुपताको सुत्रधार बनोस् “ल्होसार”
सारा तमूले गर्वसाथ हाम्रो महान पर्व भनोस् “ल्होसार” भन्दै, आपसी भेटघाट तथा शुभकामना आदान-प्रदान गरि मनाउन आयोजना गरिएको “खी” ल्होसार तथा स्यो कैं कार्यक्रम २०१७” मा यहाँहरु सम्पूर्ण कतारवासी महानुभावहरुमा पोष्टरमा उल्लेखित निम्न तपशील मिति र स्थानमा गरिमामय उपस्थितिको लागि आयोजक तमु (गुरूङ्ग) समाज परिवारले सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %