कतारमा महाकवी देवकोटाको १०८ औं जयन्ती मनाए

महेश्वर नेपाल
Image may contain: 2 people, people sitting and people on stage

दोहा-कतार, ५ नोभेम्बर – क्रिति रहोस भनि बनाइएका पाटीपौवा मृत आफन्तका नाममा बनाइएका ठुल ठुला फलैचार चौतारा रोपिएका अजङ्गका वरपिपल  ती सब अहमका निशानी मात्र हुन ।’

खोलाको गीत कविता सङ्ग्रहमा समावेश कविता मार्फत कविताको पोल्टो फुकाएका कवि उपेन्द्र सुब्बाले हस्यौली पारामा सायद, जड्याँहाको तर्क, समान अन्तर, मेरो आमाको नाम, ना ४ ख ४३८५, ख्यालिमा हारेको धुर्व, अध्यारोको गीत, किस्नेले बिहे गरेछ ढुंगाको मन लगायतका डेढ दर्जन कविता कतारमा रहेका नेपालीलाई  सुनाउनु भयो ।

लक्ष्मी जयन्तीको अवसरमा कतारमा साहित्यकार उपेन्द्र सुब्बा लिम्बूको एकल कविता बाचन सम्पन्न भएको हो  । अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, गैर आवासिय नेपाली संघ कतारको साहित्य विभाग, नवोदित साहित्यिक वाचनालय कतार, मुग्लानी सौगात अल्खोर  र  नेपाली कला केन्द्रको संयुक्त आयोजनामा अनेसास नवोदितको ७५औं डबलीमा सशुल्क एकल कविता वाचन गरिएको हो ।
Image may contain: 7 people, people standing

साहित्यकार सुब्बा लिम्बूले कतार आउँदा आफू नेपालमै भए जस्तै भान भएको बताउनु भयो । सन् १९९८ तिर आफू पनि कतारमा श्रमिकको रुपमा आउन प्रयास गरेको भन्दै लिम्बूले भन्नू भयो ‘तर त्यति बेला म २ पटक असफल भएँ ।’ उनलाई अनेसास कतार तथा नवोदित साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरियो ।
कार्यक्रममा प्रकाश आङ्देम्बे लिम्बू द्वरा निर्देशित चलचित्र ‘देश खोज्दै जाँदा’ को विशेष प्रदर्शनी पनि गरिएको थियो । चलचित्रको विशेष प्रदर्शन गर्न कतार आएका साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बे लिम्बूलाई अनेसास कतार तथा नबोदीत साहित्यिक वाचनालयको मानर्थ सदस्यता प्रदान गरिएको थियो ।

कार्यक्रम श्यामराज रानाभाटको सभापतित्वमा सम्पन्न भएको थियो ।यसअघि साहित्यकारहरु खगेन्द्र सङग्रौला, अभि सुबेदी, श्रवण मुकारुङ, गोबिन्दराज भट्टराई, बिमल निभा, राजन मुकारुङ र हेमन यात्रीलाई कतार बोलाएर लक्ष्मी जयन्तीको अवसरमा एकल कविता वाचन गरिएको Image may contain: 9 people, people sitting and crowdअनेसास कतारका सल्लाहकार तिर्थ संगम राइले जानकारी दिनु भयो ।