कतारमा पाल्पाली समाजले कलाकाहरूलाई गरे सम्मान

कृष्ण सारू मगर
Image may contain: 11 people, people smiling, people standing

दोहा-कतार, अक्टोबर  ३० – पाल्पाली सेवा समाज र वसन्त फिल्मस (प्रा.लि.)को समन्वयमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरूलाई गैर आवासीय नेपाली संघका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यतामा वेलकम डाईन रेष्टुरेन्टको शभाकक्षामा भेटघाट तथा सम्मान गरेको छ ।

विशेष अतिथिमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघका प्रथम उपाध्यक्ष समेत रहेका पाल्पाली सेवा समाजका प्रमुख सल्लाहकार लिलम चिदी मगर, नेपाल मगर संघका महासचिव बिजय कुमार मगर, जनसम्पर्क समितिका महामन्त्री मोहम्मद अजिज अलि, गुल्मी सेेेवा समाजका प्रमुख सल्लाहकार शिव खड्का, लमजुङ्ग सेवा समाजका सल्लाहकार कृष्ण बराल, नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कतारका अध्यक्ष गणेश प्रसाद बन्जाडे, पाल्पाली समाजका उपाध्यक्ष हेम बगाले मगर, समाज सेवा अभियान रुपन्देहीका सल्लाहकार दिल भट्टराई, अन्तराष्ट्रिय साप्ताहिक राजधानीका दिल कुमार श्रेष्ठ, साझा नेटवर्कका कुमार अबिरल पन्थी, युरो खवरका उत्तम भट्टराई, डि.सी नेपालका महेश कार्की, समाजसेवी बिक्की बि.क, लगाएत अन्य विशिष्ट ब्याक्तित्वहरूलाई अतिथि ग्रहण गराएको थियो ।

बसन्त फिल्मस् प्रा.लि. का प्रवन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रम शरद पाण्डेको स्वागत तथा फिल्मसका सचिव मोहन शाहको संचालनमा सम्पन्न कार्यक्रम समाजको बारेमा तिलु शर्मा पौडेलले प्रष्टाएको समारोहमा क्रमशः दोसल्ला ओडाएर सम्मानित भएका कलाकारहरू राष्ट्रका गहना हुन् भन्दै अझ उत्तरोत्तर प्रगतिको कामना गर्दै, प्रमुख, अतिथि, विशेष अतिथि र सभापतिको सह्योगमा बसन्त फिल्मस (प्रा.लि.) र पाल्पाली समाजले सम्मान पत्र प्रदान गरेको हो ।
Image may contain: 4 people, people smiling, people standing

नेपाल मगर साँस्कृतिक संघ पाल्पाका अध्यक्ष नृत्य निर्देशक सुमन थापा मगर, नेपाल मगर साँस्कृतिक संघका अध्यक्ष मयुर नृत्यकार कबिराज मगर, चर्चित मोडल तथा नृत्यङ्गना रिना थापा मगर र गाउँवेसी, भञ्ज्याङ्ग, चौतारीमा गुन्जिने सालैजो, सोरठी, पञ्चेबाजा शब्द सृजनाका सर्जक तथा गायक प्रसाद खप्तरी मगर, नेपाल मगर संघ शाखा कतारले आयोजना गरेको गरिव तथा जेहेन्दार बिधार्थी अक्षकोष सह्योगार्थ “प्रथम हुर्रा महोत्सव तथा दिपावली २०१७” कार्यक्रम सफल बनाउन दोहा-कतार आएका हुन् ।