मगर संघले अलपत्र परेकालाई उद्धारकार्यमा दिए सह्योग

कृष्ण सारू मगर

No automatic alt text available.दोहा-कतार, २३ अगष्ट, आफ्नो जिविको पार्जन संगै परिवारको सुनौलो भविष्यको कल्पना बोकेर वैदेशिक रोजगारीको शिलशिलामा ५ महिना अगाडि कतार आएका थिए ।

मोरङ्गको बेलबारी नगरपालिका वार्ड न. ८ का भिम बहादुर थापामगरले आजाद (फ्री भिषा) मा आएका भिषा स्पोन्सर तथा कम्पनीमा काम नपाए पछी उनि अलपत्र परेका हुन् ।

नेपाल मगर संघ शाखा कतारका महासचिव बिजय कुमार मगरले हामीलाई दिएको जानकारीअनुसार निज मगर विगत २ महिना देखि वास्तविक नै अलपत्र परेको प्राप्त जानकारी पश्चात निज पिडित मगरलाई उद्धार गरी नेपाल फिर्ती टिकट ब्यावस्थापनका लागि गत शनिवार सनैया स्थित अल अत्तियामा पुगेर संघका अध्यक्ष शेर बहादुर रोका मगरले आर्थिक सह्योग हस्तान्तरण गरेको हो ।