प्रजिअ ढकालले भने नेताको पछि लागेर जनताको काम नगर्ने कर्मचारीलाई कारबाही गर्छु

Read Time:1 Minute, 35 Second

देव पचभैया

पाल्पा, असोज २४ – भर्खर सरुवा भएर पाल्पा आउनुभएका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले ठुला बडा र नेताको पछि लागेर सर्बसाधारण जनताको काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । सोमबार जिल्ला प्रसासन कार्यालयमा पाल्पाली पत्रकारहरु संगको भेटघाट एवं परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले

आफ्नो पहिलो ध्यान पाल्पा बुटवलको सडकमा केन्द्रित भएको बताउनुभएको छ । बिकास निर्माणका क्षेत्रमा हुने ढिलाई र बाहनाबाजीलाई सहन नसक्ने भन्दै लोकतन्त्रको अनुभुति हुने गरी आफुले काम गर्ने जिकिर गर्नुभयो ।

यस अघिका प्रमुख जिल्ला अघिकारी बाबुराम गौतम क्षेत्रिय प्रशासन कार्यालय पोखरामा सरुवा भएपछि नया सिडियोको रुपमा ढकाल गएको शुक्रबार पाल्पा आउनुभएको हो । कार्यक्रमा पत्रकार महासंघ पाल्पा शाखाका सभापति राजेश कुमार अर्यालले नया प्रमुख जिल्ला अधिकारी लाई जिल्लाको समग्र क्षेत्र र बिषयबस्तुका बारेमा जानकारी दिनुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %