गोरखा ईन्जिनियरका स्याप्पर जवानहरुले यसरी मनाए पल्टनको जन्मदिन

Read Time:7 Minute, 29 Second

हुबि मगर

ललितपुर, असोज १२ – बेलायती गोरखा फौज अन्तरगत रहेको दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्टका अवकास प्राप्त अफिसर तथा स्याप्परहरुले असोज ७ गते अर्थात सेप्टेम्बर २३ तारिकका दिन ललितपुर स्थित कृष्टल पार्टी प्यालेसमा पल्टनको उन्सत्तरीऔ जन्म दिवस भब्यरुपमा सम्पन्न गरेका छन ।
Image may contain: 3 people, people smiling

अ.प्रा. गोरखा मेजर त्रय भिम बहादुर गुरु.ग एम.भि.ओ, भिमबहादुर थापा र सुर्यबहादुर थापा एम.भि.ओ ज्युले संयुक्त रुपमा केक् काटी कार्यक्रम सुभारम्भ गर्नु भएको थियो ।

 अ.प्रा.गोरखा मेजर सुर्य बहादुर थापा मगरको अध्यक्षतामा रेजिमेण्टका सबै भन्दा सिनियर अ.प्रा. गोरखा मेजर तथा रेजिमेण्टल प्रेसीडेण्ट भिम बहादुर गुरुंग ज्यूको आतिथ्यमा रेजिमेण्टका सचिब अ.प्रा. क्या रबिन्द्र शाहीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

रेजिमेण्टका सचिब अ.प्रा. क्या. रबिन्द्र शाही ज्युले रेजिमेण्टका बर्तमान कमाण्डिंग अफिसर लेफ्टिनेन्ट कर्णेल जोन ह्वाईट हावकिन्स रोयल ईन्जिनियर(Lieutenent Colonel J W Hawkins RE) ज्युले पठाउनु भएको पार्टवान रुटिन अडर बाचन गरि सुनाउनु भएको थियो । दि गोरखा ईन्जिनियर रेजिमेण्ट १९४८ साल सेप्टेम्बर २८ तारिखका दिन मलेसियामा स्थापना भएको थियो । स्थापना हुदा रोयल ईन्जिनियर,फस्ट K.G.O बेगाल स्याप्पर एण्ड माईनर,थर्ड रोयल बम्बे स्याप्पर एण्ड माईनर , २ जिआर,६ जिआर र १० जिआर बाट आएका नौजवान बाट दि गोरखा ईन्जिनियर रेजिमेण्टको जन्म भएको हो । मलेसियाको कुलांगमा गोरखा तालिम स्क्वार्डन रोयल ईन्जिनियर खडा भएको हो । गोरखा बृगेडको एउटा अंगको रुपमा गोरखा ईन्जिनियर २८ सेप्टेम्बर १९५५ सालमा रहन पुग्यो । बेलायतकी माहारानी एलिजावेथ दुतिय द्धवारा २१ अप्रिल १९७७ सालमा रानीको टाईटल थप गरि हाल दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्ट बनेको कमाण्डेण्टको रुटीन अडरमा उल्लेख रहेको छ ।
Image may contain: 15 people, people smiling, people standing

हाल दि क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्ट यूकेको मेडईस्टोन स्थिति ईन्भिक्टा र्पाकमा स्थाईरुपमा कार्यरत रहेको छ ।
सचिब शाही साहेबले २०१६ -१७ मा मृत्यु हुने बेलायती तथा गोरखाली अफिसर तथा स्याप्परहरु ४३ जनाको नामबाचन गरि सुनाउनु भएको थियो । उपस्थिति सबै जनाले उहाहरुको संझनामा मृतआत्माको चिरशान्तिको कामना र शोकाकुल परिवारजन प्रति समाबेदना प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

रेजिमेण्टका अध्यक्ष अ.प्रा. गोरखा मेजर सुर्य बहादुर थापा मगर ज्यूले रेजिमेण्टको गतिबिधि बारे प्रकास पार्नु भएको थियो । अ.प्रा. गोरखा मेजर हुकुम राज थापा मगरको कमाण्डमा आगामी २०१८ सालको सत्तरीऔ जन्मदिवस पोखराको बृटिस क्याम्पमा मनाउने समेत मेजर सुर्य साहेबले जानाकारी गराउनु भयो ।

७० औ जन्म दिवश मनाउन रेजिमेण्टमा कार्यरत सीनिएर बृटिस अफिसर,बेलाएत,हंगकंग,दार्जिलींग,धरान,बुटवल,नेपाल गन्ज लगाएत देशको कुनाकाप्चा बाट समेत उपस्थित हुने उहाले जानाकारी गराउनु भयो ।

हरेक बर्ष सेप्टेम्बर २८ तारिक वा पेरी फेरीमा  अवकास प्राप्त नौजवान स्याप्परहरुले आफुलाई पायक पर्ने समय र ठाउहरु बेलाएत,हंगकंग,दार्जिलींग,धरान,बुटवल,नेपाल गन्ज लगाएत देशको कुनाकाप्चामा र बहालवाला रेजिमेण्टका अफिसर तथा स्याप्परहरुले यूकेको मेडईस्टोन ,ईन्भिक्टा र्पाकमा रेजिमेण्टल बर्थ डे मनाउदै आईरहेका छन ।
Image may contain: 6 people, people standing and indoor

कार्यक्रममा बृटिस क्याम्प काठमाण्डौ ज्ञारेजनका कमाण्डर क्या. बाल कृष्ण गुरुंग ज्यूलाई स्वागत र अवकास प्राप्त क्यू जि ई काठमाण्डौको आजिवन सदस्य बन्नु भएका २११५१३५१ डि बि गुरुंग, २११६१७४२ दिपक गुरुंग र २११६१७५३ धन बहादुर सार्की ज्युलाई आजिवन सदस्य प्रमाण पत्र प्रदान गरिएको थियो ।
Image may contain: 5 people, people smiling, people standing

कार्यक्रमको अन्त्यमा सार्जन मेजर भगवति प्रधान द्धवारा मनोरञ्जनकालागी तम्बोला खेलाईएको थियो । कुनै एक लाईन र फुल हाउस बिजेताहरु: सार्जन मेजर केशब थापा मगर ,आंगतेम्बा शेर्पा,यूबराज गुरुंग र बिश्व गुरुंग लगाएतले प्रथम र दुतिय पुरस्कार क्रमश रु.१४०० र रु.२८०० प्राप्त गर्नु भएको थियो ।

THE QUEEN’S GURKHA ENGINEERS HISTORY :

BY: Maj.Surya Bahadur Thapa

 

The Gurkha were first enlisted into the Royal Engineers in September 1948 when a Gurkha Training Squadron RE was formed at Kluang, Malaya. Formed by Royal Warrants as the Gurkha Engineers, part of the Brigade of Gurkhas, on 28 September 1955. On 21 April 1977 Her Majesty Queen Elizabeth II approved the title of The Queen’s Gurkha Engineers.

 

67 Gurkha Field Squadron,Royal Engineers rose at Kluang, Malaya on October 1948 and disbanded on 31 December 1996 in Hong Kong.

 

68 Gurkha Field Squadron rose at Kluang, Malaya on August 1950 and disbanded on 18 December 1993 in Hong Kong.

 

69 Gurkha Field Squadron rose at Sungei Besi, Malaya on 1 April 1961 and disbanded on 17 August 1968. 69 Gurkha Independent Field Squadron reformed on 1 March 1981 in Hong Kong and moved to Chatham, England. Re-designated to 69 Gurkha Field Squadron and incorporated into 36 Engineer Regiment on 1 April 1993.

 

70 Gurkha Field Park Squadron rose at Sungei Besi, Malaya on 1 April 1960 and disbanded on 31 July 1971 in Singapore. On 6 August 1982 Support Squadron re-designated 70 Support Squadron and disbanded on 18 December 1993 in Hong Kong. 70 Gurkha Field Support Squadron was reformed and became part of 36 Engineer Regiment on April 2000 and re-designated 70 Gurkha Field Squadron on 1 February 2011.



{facebook}1392968507419340{/facebook}
फोटो: हुबि मगर
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
 क्वीन्स गोरखा ईन्जिनियर रेजिमेण्टकाे ६९ औ फोटो झलकहरु.

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %