बर्षा र बाढीका कारण बैनावगरमा ८ घर विस्थापित

Read Time:2 Minute, 31 Second

गोविन्द घर्ती
Image may contain: house, tree, plant, sky and outdoor

भद्रौ ३ । लगातार परेको बर्षा र बाढीका कारण रुपन्देहीको तिलोत्तमा–११, बैनावगरमा ८ घर विस्थापित भएका छन् ।

तिलोत्तमा–११, नजिकै रहेको सुकौरा खोला पसेर घर भत्काईनुको साथै वस्न लायक नभए पछि ८ घरपरिवार विस्थापित भएका हुन । बर्षाले आएको वाढीका कारण केहीको घर बगाएको, केहीको घरमा पानी पसेर वस्ने अवस्था नरहेको र केहीको घर भत्काई दिएपछि उनीहरु विस्थापित भएको स्थानीयवासीहरुको भनाई रहेको छ । वाढी पिडितहरु अहिले कोही आफन्तको घरमा त कोही नजिकैको छिमेकीको घरमा शरण लिन वाध्य भएको स्थानीयवासी शेरबहादुर गुरुङ्गको भनाई रहेको छ ।

लगातार परेको बाढीका कारण थागे मुसहर, सत्यनाराण चौधरी, मगरु थरु, जुना दरई, रधुविर दरई लगायतको घर वस्ने अवस्थामा छैन । बाढीका कारण आफुहरुको घर भत्काईनु, पर्नुको साथै आफुहरुको खाने चामल समेत भिजेर नष्ट भएको पिडितहरुको भनाई रहेको छ । बर्षामा आएको बाढीका कारण आफुहरु घरमा वस्ने अवस्था नरहेको र अन्यत्र शरण लिन वाध्य हुदा समेत सक्वन्धी निकायले अहिले सम्म कुनै व्यवस्था नगरेको पिडित थागे मुसहरको भनाई रहेको छ ।

बाढी गएपछि आफुहरुलाई रेडक्रसले वाहेक अन्य संघसंस्थाले राहत उपलव्ध नगराएको पिडित मुसहरको भनाई रहेको छ । आफुहरुको अवस्था हेर्न नगरपालिका र नवनिर्वाचित जनप्रतिनिधिहरु समेतले कुनै चासो नदेखाएको पिडितहरुको गुनासो रहेको छ । सुकौरा खोलालाई व्यवस्थित गर्न नसकिएमा फेरी पनि वाढी गाउमा पस्न सक्ने हुदा नगरपालिका र सम्वन्धीत निकायले गर्नुपर्ने स्थानीयवासीहरुको भनाई रहेको छ । गाउको सटह र खोलाको सटह मिलेका कारण सुखौरा खोलाको व्यवस्थापन गर्न अतिआयश्यक रहेको पिडितहरुको भनाई रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %