२३ औं विश्व आदिवासी दिवस हङकङमा भव्यतापूर्वक मनाइयो

Read Time:2 Minute, 33 Second

रूद्र श्रीसमगर
Image may contain: 11 people, people smiling, people standingहङकङ, साउन २४ – नेपाल आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा २३ औं विश्व आदिवासी दिवस भव्यतापूर्वक मनाइयो । हङकङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी भूमिमा रहेता पनि पहिचान र संघीयताका पक्षमा जोडतोडले आवाज उठाउन जोड दिएका छन् ।

नेपालमा एकल तानाशाही शासनको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि राज्यसत्ता भने एकात्मकवादीहरूकै हातमा रहेको, उनीहरूको भनाइ थियो ।

आकर्षक झाँकी तथा सांस्कृतिक कार्यक्रमसहित मनाइएको २३ औं विश्व आदिवासी दिवसमा वक्ताहरूले एकात्मकवादी शासकहरूले पहिचान तथा संघीयताका मुद्दालाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको चिन्ता प्रकट गर्दै आदिवासी जनजातिका हकहित, अधिकार, पहिचान, समानुपातिक उपस्थिति र समावेशिताका लागि आवाज उठाए । कार्यक्रममा वर्ष पुरुषका रुपमा आदिवासी नेता भूपेन्द्र चेम्जोङ र वर्ष महिलाका रुपमा मगर महिला संघ हङकङका अध्यक्ष युगमाया रानामगरलाई सम्मान गरिएको थियो ।

हङकङका सामाजिक अभियन्ता प्रेम गलामीमगरको प्रमुख आतिथ्यतामा याउ मा तेई कम्युनिटी हलमा भएको कार्यक्रममा नेपालबाट पहिचान र संघीयता पक्षधरका राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा र लिम्बुवान आन्दोलनका नेता सञ्जुहाङ पालुङ्वा विशेष वक्ताका रुपमा आउनुभएको थियो । महासंघका अध्यक्ष एमबी थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा हङकङमा रहेका विभिन्न जातीय संघसंस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूका समेत उपस्थिति रहेको थियो । महासंघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दुर्गा गुरुङ ‘मिलन’ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन महासचिव हस्त मास्वाले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %