एकता नै बल हो भन्ने कुरा बिर्सनु हुँदैन: चन्द्रज्योति आलेमगर, अध्यक्ष, मगर संघ हङकङ

Read Time:4 Minute, 47 Second

रुद्र श्रीसमगर
Image may contain: 1 person, closeup
मगर संघ हङकङ सन् १९९७ मा स्थापना भएको हो । मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर विगत १७ वर्षदेखि मगर संघ हङकङका विभिन्न पदमा रही क्रियाशील हुनुहन्छ । एउटा कलाकारका रुपमा समेत परिचय बनाउनुभएकी उहाँले सन् २०११ देखि २०१७ सम्म दुई कार्यकाल मगर संघ हङकङको अध्यक्ष रहेर नेतृत्व गरिरहनुभएको छ । दुई कार्यकालसम्म मगर संघ हङकङको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकी उहाँको कार्यकाल निकै लोकप्रिय रह्यो । मगर संघ हङकङलाई आजको उचाइमा पुर्याउन उहाँ सफल हुनुभएको छ । आगामी अगष्ट २० तारिखमा मगर संघ हङकङको नवौं महाधिवेशन हुँदैछ । सोको तयारी र उहाँको कार्यकालको सेरोफेरोमा रहेर उहाँसँग राज्यसत्ता डटकमका लागि रूद्रबहादुर श्रीसमगरले गरेको कुराकानी:

आजभोली के गर्दै हुनुहुन्छ ?
अधिवेशनको लागि तयारीमा व्यस्त छु ।

महाधिवेशनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
अगष्ट १० मा हुनुपर्ने हलको समस्याले गर्दा अगष्ट २० मा हुँदैछ ।

नेतृत्व चयनमा सर्वसम्मत होला ?
२०११ देखि सर्वसम्मत हुँदै आएको छ । यसपटक पनि हामीले कोशिस गर्दैछौं । यसबारेमा छलफल हुँदैछ ।
 
मगर संघ हङकङमा तपाईको दुई कार्यकालको अनुभव कस्तो रह्यो ?
संघको अग्रजदेखि लिएर अन्य समुदायको साथी भाइहरूबाट साथ र सहयोग पाए त्यसैले मगर संघ हङकङले जातीय सस्थाहरूमा अग्रता लिएको महसुस गरेकी छु ।

तपाईको कार्यकालको खास उपलब्धी के–के हुन् ?
हाम्रो कार्यकालमा संघको भवन खरिद गर्न सफल भयौं, मिस मगर हङकङ कार्यक्रम सम्पन्न गर्न सकियो, विनाशकारी भूकम्प आएको बेला २० लाख नगद र १० लाख बराबर राहत लिएर डा. राजेन्द्र पुनमगरसहित ४ जनाको टिम नेपाल जान सफल भयौं, नेपाल मगर संघ केन्द्रीय समितिको एघारौं महाधिवेशनमा पूर्वी एसियाको संयोजक निर्विरोध चयन भए, मगरहरूको मुख्य पर्व माघे संक्रान्तिमा विभिन्न राष्ट्रबाट प्रतिनिधि निमन्त्रणा गरेर भव्य रुपमा मनाइयो, हङकङका सम्पूर्ण संघ संस्थासँग समन्ध सुमधुर रह्यो ।

मगर संघको अबको नीति कस्तो हुनुपर्छ ?
भाषा, संस्कृतिमा अनेकता र विविधता छ । तर, त्यसलाई विवादित नगरी एकत्रित रूपमा मिलाएर लैजानुपर्छ ।

विश्वभरिका मगरहरू किन संगठित हुने ?
एकता नै बल हो भन्ने कुरालाई बिर्सनु हुँदैन । हामी एक भयौं भने जुनै पनि काम सजिलै सम्पन्न गर्न सक्छौं । तसर्थ, हामी संगठित हुनु आवश्यक छ ।

विदेशका अन्य मगर संघसँग मगर संघ हङकङको सम्बन्ध कस्तो छ ?
विश्वभरिकै मगर संघसित हाम्रो सौहार्दपूर्ण सम्बन्ध छ ।

आफ्नो नियमित काम र सामाजिक कामका लागि समय कसरी व्यवस्थापन गर्नुभएको छ ?
जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै आफ्नो इच्छा अनुसार कुनै पनि काम गर्छु भनेर लागेपछि समय मिलाउन त्यति समस्या हुँदैन । मगर संघ हङकङमा आबद्ध भएको १७ वर्ष भइसक्यो तर कुनै दिन समयको अभाव भएन ।

मगर जातिको पहिचान संकटमा छ ? यसबारेमा के भन्नुहुन्छ ?
मगरात प्रदेशको कुरा त छँदै छ । त्यस बाहेक सिमाङ्कन हेरफेर गर्दा कतिपय स्थानमा जातीय क्लष्टर नै छुट्याइएको हुनाले भोलि गएर हाम्रो भाषा, संस्कृति नै लोप भएर जान सक्ने सम्भावना देखिन्छ, त्यसैले जातीय क्लष्टर नछुटियोस् भन्ने मेरो भनाइ छ ।

अन्त्यमा, के भन्नुहुन्छ ?
मलाई केही कुरा राख्ने मौका दिनुभएकोमा यहालाई साथै सम्पूर्ण मिडियालाई धन्यवाद दिन चाहन्छु ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %