कतारमा पाल्पाली समाजले पाँचौं अधिवेशन गर्दै

कृष्ण सारू मगर
No automatic alt text available.

दोहा-कतार, २९ जुलाई मध्ये पुर्वीय राष्ट्र दोहाको कतारमा विशुद्ध समाजिक अवधारणा बोकी एकदशक अगाडि २००७ मा स्थापित पाल्पाली सेवा समाज कतारले यहि आउँदो ४ अगष्ट २०१७ सुक्रबारका दिन बिन उम्रान स्थित द गार्डेन भिलेज रेष्टुरेन्टको सभाहलमा पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।
 
उक्त महादिवेशन तथा सम्मान कार्यक्रमलाई सौहार्दपुर्ण वातावरणमा सम्पन्न गराउन कतार स्थित समाजिक अवधारणा बोकी स्थापित विभिन्न संघ, संस्था, संगठनका प्रमुख तथा प्रतिनिधि, उधोग, ब्यावसायी, बुद्धिजीवी, समाजसेवी, साहित्यकार, कलाकार, खेलाडी तथा विभिन्न मिडियामा आवद्ध पत्रकार बन्धु कलाकार महिला तथा सज्जन बृन्द ज्यूहरू पाँचौ अधिवेशन तथा सम्मान कार्यक्रमलाई भब्य र सभ्य सम्पन्न गराउन पाल्पाली सेवा समाजले सम्वन्धित सबैमा सादर निमन्त्रणा गरेको छ ।

यदि प्राविधिक समस्याको कारणवश उक्त पाँचौं अधिवेशन तथा सम्मान कार्यक्रमको पत्राचार निमन्त्रणा पत्र यहाँहरू समक्ष प्राप्त नभएको खण्डमा यसै सुचनाको आधारमा यहाँहरूले गरिमामय उपस्थिति भई दिनु हुन समाजका अध्यक्ष लिलम चिदी मगरले हामीलाई जानकारी दिए ।

श्रोतका अनुसार कतारलाई कर्मभुमीको रूपमा बस्नु हुने विभिन्न पेशा, ब्यावसाय, एवं आदरणीय दाजु-भाई तथा दिदी-बहिनीहरूले पाँचौं महादिवेशनमा उपस्थिति भईदिनु हुन समाजका महासचिव दुर्गा अधिकारीले समस्त पाल्पावासीहरूमा हार्दिक अपिल गरेको छ ।

नोट: समयको पावपन्दीलाई विशेष महत्व राखिदिनु हुन समेत आयोजक समिति परिवार अनुरोध गरेको छ ।