मगर संघले १२ औं अध्यक्षलाई कार्यभार हस्तान्तरण

बिजय कुमारमगर

Image may contain: 28 people, people smiling, tree and outdoor
दोहा-कतार,  जुलाई  २५ – नेपाल मगर संघ, शाखा कतारले गत १४ जुलाई शुक्रबारका दिन संघका निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले १२ औं कार्यकालका अध्यक्ष शेर बहादुर रोका मगरलाई कार्यभार हस्तान्तरण गरेको छ ।

सो, कार्यक्रमा निर्तमान अध्यक्ष महेन्द्र थापा मगरले गएको ३० जुनमा संम्पन्न मगर संघ कतारको १२औं महाधिवेशन बाट निर्विरोध निर्वाचित शेर बहादुर रोका मगरलाई आर्थिक तथा संगठानिक सम्पूर्ण कार्यभारलाई संघका निवर्तमान प्रमुख सल्लाहकार भिम तरामु मगर, पुर्व सल्लाहकार मगर, जनक थापा मगर, डि एन मगर, रमेश कनौजे मगर, खिम राना मगर पुर्व कार्यसमितिका विभिन्न विभागीय पदाधिकारीहरु, तथा सदस्यहरुको उपस्थितिमा हस्तान्तरण गरेको हो ।

सोही समारोहबीच सनैया ” बि ” एरिया समितिका सह-कोषाध्यक्ष हेम बहादुर आले मगरलाई संघका सल्लाहकार हरी दर्लामी मगरले आलेले संघलाई दिएको उच्च योगदानको मुल्यांकन गर्दै, प्रशंसा पत्र प्रदान गरेका हुन् । अन्य पदाधिकारीहरूले क्रमश: खादा ओडाएर स-सम्मान, विदाई गरेको हो ।
Image may contain: 6 people, people smiling, people standing and outdoor

विदाई भएका आलेले आफ्नो धारणा राख्दै भनेका छन् । मध्ये पुर्वीय राष्ट्र कतारमा स्थापित विशुद्ध जातीय संगठन मगर संघमा आवद्ध भई समाजिक कार्य तथा प्राप्त विभिन्न ज्ञान, विज्ञान अन्यलाई पनि एकताबद्ध हुनका लागि सक्दो पहल गर्नुका साथै संघले दिएको मायाँको चिनो अमुल्य रहेकोले कहिल्यै नविर्सने बताए ।

उक्त कार्यक्रमको पुर्वसन्ध्या संघले स्थाई घर इटहरी ४ सुनसरीका संघका निवर्तमान कला तथा सास्कृतिक विभाग संयोजक रबि पुलामी मगरका धर्मपत्नी अनिता पुलामी मगर प्रति हार्दिक समवेदना प्रकट गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरि शोक मनाए ।

संघका महासचिव विजय कुमार मगरको संचालनमा संम्पन्न कार्यक्रमलाई निवर्तमान अध्यक्ष महेन्द्र थापा मगरले गरेका थिए ।