मगरहरू पनि अब व्यवसायिक बन्न जरुरी छ: नरबहादुर पुनमगर, निवर्तमान अध्यक्ष, नेपाल मगर संघ मलेसिया

Read Time:6 Minute, 53 Second

रुद्र श्रीसमगर

Image may contain: 1 person, suit and closeup

बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४, तंग्राममा जन्मनुभएका नरबहादुर पुनमगर वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया जानुभएदेखि नै सामाजिक कार्यमा क्रियाशील हुनुभयो । नेपाल मगर संघ मलेसियाका निवर्तमान अध्यक्ष रहनुभएका पुनमगरले भर्खरै मात्र आफ्नो कार्यकाल सफल रुपमा सम्पन्न गरी नयाँ नेतृत्वलाई नेतृत्व हस्तान्तरण गर्नुभएको छ । व्यवसायिक क्षेत्रमा समेत अघि बढ्नुभएका पुनमगरसँग हालै सम्पन्न सातौं महाधिवेशनको सेरोफेरोमा रहेर पत्रकार रूद्रबहादुर श्रीसमगरले गर्नुभएको संक्षिप्त कुराकानी :

आजभोली के गर्दै हुनुहुन्छ ?
हालै मात्र नेपाल मगर संघ मलेसियाको सातौं महाधिवेशन सम्पन्न भएको छ । मैले नेतृत्व हस्तान्तरण गर्न सफल भएको छु । महाधिवेशन सकेर म आफ्नै कार्यक्षेत्रमा व्यस्त छु ।

समग्रमा तपाईको कार्यकाल कस्तो रÞयो र कसरी मूल्याड्ढन गर्नुहुन्छ ?
समग्रमा भन्नुपर्दा राम्रै रÞयो । मैले मेरो नेतृत्वको कार्यकाललाई सन्तोषजनक ठानेको छु । मेरो कार्यकालमा टिमका सबै साथीहरूको साथ नपाएपनि एक हदसम्म म सफल भएको छु । मेरै नेतृत्वमा सांस्कृतिक कार्यक्रम गर्न सफल भइयो । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, वैज्ञानिक डा. महावीर पुनमगरलाई थोरै भएपनि सहयोग गर्न सक्यौं । सुन्दर आलेमगर र राजेन्द्र रानामगरदेखिको प्रयास सफल भएको छ । मगरहरूलाई बचत गर्नेतर्फ उन्मुख बनाउन सहकारीको अवधारणा अनुसार अघि बढेका छौं ।

मगर संघ मलेसियाको अन्य विदेश शाखाहरूसँगको सम्बन्ध कस्तो छ ?
हामी सुरुमा प्रवासी मगर संघ मलेसियाका नामले क्रियाशील थियौं । दुई वर्ष अघिदेखि अहिले नेपाल मगर संघ, मलेसिया बनेको छ । विदेशका अन्य शाखाहरूसँग समन्वय गर्ने अन्तर्राष्ट्रिय निकाय थिएन । मेरै कार्यकालमा अन्तर्राष्ट्रिय मगर मञ्च बनेको छ । यसमार्फत् अन्य देशका मगर संघसँग सम्बन्ध जोड्ने एउटा गतिलो माध्यम बनेको छ । मगर संघ हङकङले आयोजना गरेको माघे संक्रान्ति विशेष कार्यक्रममा पनि हङकङको निम्तो स्वीकार्दै मेरै व्यक्तिगत खर्चमा हङकङ पुगेर पनि आएँ । यसले पनि दुई देशका मगर संघबीचको सम्बन्ध थप प्रगाढ बनेको अनुभूति भएको छ । त्यति मात्र नभएर नेपाल मगर संघको महाधिवेशनमा मलेसियाका तर्फबाट अहिलेसम्म प्रतिनिधित्व भएको थिएन । मेरै कार्यकालमा चितवनमा भएको ११ औं राष्ट्रिय महाधिवेशनमा मलेसियाका तर्फबाट प्रतिनिधित्व पनि जनायौं । यस हिसाबले अन्य देशका मगर संघसँग पनि हाम्रो सम्बन्ध विस्तार हुँदै गएको छ । यसलाई ठूलो उपलब्धी मानेका छौं ।

नेपाल मगर संघले लिएको नीतिप्रति के भन्नुहुन्छ ?
वास्तवमा नेपाल मगर संघ भनेको नेपालका १८ लाख ८७ हजार मगरहरूको छाता संगठन हो । नेपालको एक प्रमुख आदिवासी जनजाति समुदाय मगरको भाषा, धर्म, संस्कृति, भेषभूषा एवं ऐतिहासिक थातथलोको संरक्षण र विकासका लागि मगर संघले नेतृत्वदायी भूमिका खेल्नुपर्दछ । हिजोको र आजको अवस्था फरक छ । मगर समुदायको अझै पूरा मुक्ति भइसकेको छैन । केही अधिकार त पाएका छौं तर, त्यो पूर्ण छैन । लडाइँ अझै बाँकी छ । अहिले केही सकारात्मक संकेत देखिएका छन् । खुशी हुने ठाउँ नभएको होइन, तर, पूरा ढुक्क भइहाल्ने अवस्था भने छैन । तसर्थ, आम मगरको हकहितका लागि मगर संघले विशेष योजना बनाएर अघि बढ्नु आवश्यक छ । सुन्दर आलेमगरकै पालादेखि नेपाल मगर संघसँग हामीले सम्बन्ध गाँसेका हौं । पछि आएर राजेन्द्र रानामगरको पालामा सम्बन्ध विकास भएको छ । हामीले पनि यहाँ मगर सहकारी राम्ररी चलाएका छौं । नेपालमा पनि लगानी गरेका छौं । हाम्रो पूर्व अध्यक्ष राजेन्द्र रानामगर नेपाल फर्किनुभएपछि कम्पनीको व्यवस्थापनलगायत नेपाल मगर संघसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।

नयाँ नेतृत्वलाई सुझाव दिनुपर्दा के भन्नुहुन्छ ?
मेरो अनुभव के छ भने एक्लै काम गर्न निकै गाह्रो हुने रहेछ । टिम मिल्यो भने काम गर्न सजिलो हुन्छ । सिंगो टिम मिलेर अघि बढ्नुस् । वैदेशिक रोजगारीका शिलशिलामा मलेसियामा कार्यरत तथा मलेसियामा विभिन्न व्यवसाय गरेर बस्नुभएका सम्पूर्ण मगरहरूलाई एकताबद्ध बनाउनु आवश्यक छ । त्यति मात्रै नभएर मगर जातिको हकहित, भाषा, संस्कृति, भेषभूषा संरक्षणका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
अब मगर समुदायलाई अघि बढाउन आर्थिक क्षेत्रमा त्रियाशील हुनु आवश्यक छ । व्यवसायिक क्षेत्रमा लगानी गरेर उत्पादनमा जोड दिनु आजको आवश्यकता हो । राजनैतिक, सामाजिक र व्यवसायिक रुपमा मगरहरूले नेतृत्व गर्नुपर्दछ । यो समयको माग पनि हो । अन्त्यमा, मलाई मेरा व्यक्तिगत र संघका तर्फबाट केही अनुभूति एवं विचार राख्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिन चाहन्छु ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %