राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिद्धारा स्थानीय तह निर्वाचन–२०७४ को समिक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 39 Second

गोविन्द घर्ती
Image may contain: 8 people, people standing

असार ३० । राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिद्धारा स्थानीय तह निर्वाचन–२०७४ को समिक्षा तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

देवदह नगर समितिका अध्यक्ष डम्वरबहादुर थापाको अध्यक्षता र पार्टीका सहअध्यक्ष बुद्धश्री लामाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै सहअध्यक्ष लामाले निर्वाचनको परिणाममा राष्ट्रिय जनमुक्ति पार्टीको हार भएपनि नैतिक रुपमा जीत भएको बताउनु भयो । उहाले राष्ट्रिय जनमुक्ति पार्टीले उठाएको मुद्दा राष्ट्रिय मुद्दा भएकोले पनि पार्टीको जीत भएको दावी गर्नु भयो । उहाले जनमुक्ति पार्टीले स्थापना कालदेखि वकालत गर्दै आएको जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व संविधानमा उल्लेख गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाले देशमा आर्थिक भ्रष्टचार भन्दा पनि नैतिक भ्रष्टचार बढि भईरहेको बताउदै नैतिक भ्रष्टचार हुन नदिन राष्ट्रिय जनमुक्ति पार्टीले खवरदारी गरिरहने बताउनु भयो । सोही अवसरमा बोल्दै पार्टीका उपाध्यक्ष एवं प्रभाव विभाग प्रमुख कमला थापाले देशमा राजनैतिक परिवर्तनको लागि आम नागरिक सचेत र सजग हुनु पर्ने बताउदै नागरिकलाई सचेत गर्ने काम जनमुक्ति पार्टीले गर्ने बताउनु भयो । उहाले अधिकार प्राप्तीको लागि राजनीति गर्न आदिवासी जनजातिहरु अग्रसर हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य एवं मेयर पदका प्रत्यासी दलबहादुर विकरट्टा, पार्टीका जिल्ला सदस्य हुमबहादुर डिसुवा, उपमेयरका प्रत्यासी ज्ञानीसरा राना, पदम सारु लगायतले बोल्नु भएको थियो ।

पार्टी नगर समितिका उपाध्यक्ष हरिप्रसाद सारुको स्वागत र सचिव मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %