मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु जरुरी छ अध्यक्ष: नेम थापामगर, मगर संघ युके

Read Time:7 Minute, 11 Second

रूद्र श्रीसमगर
Image may contain: 1 person, suit and closeup
संयुक्त अधिराज्य (युके)मा बसोबास गर्ने मगरहरूको छाता संगठन मगर संघ युकेले हरेक वर्ष चर्चित सांगीतिक कार्यक्रम गर्दै आएको छ । खासगरी, बुद्ध जयन्ती अर्थात् चण्डी पूर्णिमाको सन्दर्भ पारेर आयोजना हुने कार्यक्रमको नाम विगतमा ‘बुद्ध पूर्णिमा ओपन कन्सर्ट’ थियो । तर, यसपालीदेखि भने ‘नेपाली ओपन कन्सर्ट’का नाममा गत जुन ३ तारिखमा कार्यक्रम भव्य रुपमा सम्पन्न भइसकेको छ । मगर संघ युकेका अध्यक्ष नेम थापामगरसँग मगर समुदाय र मगर संघ युकेका गतिविधिका बारेमा पत्रकार रूद्र श्रीसमगरले गर्नुभएको कुराकानी:

आजभोली के गर्दै हुनुहुन्छ ?

सर्वप्रथम त, धन्यवाद यहाँलाई । केही समय अघि मात्र हामी जुन ३ तारिखमा ‘नेपाली ओपन कन्सर्ट’ भव्यतापूर्वक सम्पन्न गरेका छौं ।हामीले कार्यक्रमबारे समीक्षा पनि गरिसक्यौं । कार्यक्रम निकै राम्रो र सफल भएको निष्कर्ष निकालेका छौं । अन्य दैनन्दिन व्यक्तिगत काममा पनि निरन्तर व्यस्त छु ।

नेपाली ओपन कन्सर्टको खास महत्व के छ ?

यो चाहिँ खास युके मगर संघ स्थापनाकालदेखि युकेमा वर्षमा समरको बेलामा भेटघाट गर्ने कार्यक्रमबाट सुरुवात भएको हो । वार्षिक भेलामा भोज खाने, बाट सुरु भएको छ । सन् २००७ मा आएर भेटघाट मात्र गर्न भन्दा कन्सर्ट जस्तो गरौं भनेर कलाकार ल्याएर सन् २००७ बाट सुरु भयो । बुद्ध पूर्णिमा ओपन कन्सर्टबाट ‘बुद्ध नेपाली ओपन कन्सर्ट’ । अहिले चाहिँ नेपाली ओपन कन्सर्ट । हामी बुद्ध पूर्णिमा मनाउँछौं, छुट्टै गर्ने भएको हुनाले म्यूजिकको रुपमा मात्रै । धेरै भन्दा धेरै मगरहरू, ओपन कन्सर्टमा ल्याएर राख्ने भन्ने हुँदाहुँदै धेरै प्रकारका संस्कारहरू छन् । एकै कलरको बन्न नमिल्ने हुनाले यसलाई विशुद्ध म्यूजिकको मनोरञ्जनका रुपमा मनाउने सोंचेका छौं । बुद्ध नेपाली ओपन कन्सर्टलाई पनि पुनर्विचार गरेर नेपाली ओपन कन्सर्ट राख्यौं । युकेका नागरिकलाई पनि मनोरञ्जन गराउने हाम्रो उद्देश्य हो । कहिले मनाउने र किन मनाउने भन्दा मगर संस्था भएकाले देशप्रतिको नागरिक पनि हो, हाम्रो पनि केही कर्तव्य छ । नेपाली भएर नेपाली ओपन कन्सर्टमार्फत् बुद्ध वाज बर्न इन नेपाल भन्ने कुरालाई संसारभरि सन्देश दिन चाहन्छौं । बुद्ध र सगरमाथाको देश नेपाललाई चिनाउन चाहन्छौं । म्यूजिकमार्फत् युवा पुस्तालाई सन्देश पुर्याउने र मनोरञ्जन पनि दिने हाम्रो लक्ष्य हो ।यस अनुसार हामीले यो कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएका छौं ।

मगर संघ युकेको तर्फबाट विश्वभरिका मगरहरूलाई के अपिल गर्न चाहनुहुन्छ ?

हाम्रो संस्कार, भाषा, भेषभूषाको जागरण र राजनीतिमा समेत मगरहरूलाई बढायो, मगर संघले । ३५ औं वर्षसम्म आइपुग्दा ३५ देशभन्दा बढीमा संस्था खुलिसक्यो । भाषा जागरुक गर्नुपर्ने छ, मगरातलाई अभियानकै रुपमा लानुपर्ने छ । एउटा कदम मगरहरूलाई कल्चरको रुपमा अपनाएर आएको गाउँमा केही चिजमा पछ्याइरहेको छ । बाध्यताले गाउँमै बाँधिइराखेको छ । आर्थिक क्रान्तितर्फ लाग्न जरुरी छ । अब मगरहरूलाई समृद्धिमा प्रोत्साहन गर्ने व्यवसायतिर लगाउनेतिर ध्यान दिनुपर्दछ । आर्थिक उत्पादनतिर लाग्ने वातावरण बनाउनेमा ध्यान दिनु जरुरी छ । धेरै जनसंख्या भएकोले हामी भाग्यमानी छौं । सानो सानो रकमबाट ठूलो लगानी गर्न सकिन्छ । सामूहिक लगानीमा गयौं भने संस्थालाई नै मदत गर्छ । जोखिम र अवसर दुवै हुन्छन्, तर, सामूहिक लगानीमा जोखिम कम र अवसर धेरै छ । जिम्मेवार व्यक्तिहरूले सामूहिक लगानीतिर लैजान सक्छौं । युके, हङकङ लगायतका विभिन्न देशका मगर संघले एकले अर्कोको देखेर सिक्न सकिन्छ । स्वास्थ्य, हाउजिङ, पावरसम्बन्धी, प्रविधि विभिन्न क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न जरुरी छ । आर्थिकस्तर अभिवृद्धि गर्नका लागि सबैले आÞवान गरौं । एकले अर्कोको सिक्न पाउनुपर्यो । ३५ वर्ष अगाडि यदि नेपाल मगर संघले लगानी गरेको भए एक दुई वटा जिल्ला किनिसक्थ्यो । तर, हामी व्यवसायिक सोंच पलाउन सकेन । आर्थिकस्तर माथि उठाउनका लागि पनि यसले ठूलो सहयोग पुर्याउछ । अब यसतर्फ सबैको ध्यान जाओस् भन्न चाहन्छु ।

मगर जातिको मुक्ति र समृद्धिका लागि अबको बाटो के हो ?

म के भन्न चाहन्छु भने सबै मगरलाई सन्देश फैलाउनका लागि ग्लोबल कन्फरेन्स गर्नु जरुरी छ । एकपटक मात्रै होइन, हरेक चार चार वर्षमा गर्ने लक्ष्य हुनुपर्यो । अबको १५/२० वर्षपछि मगरहरूलाई कहाँ पुर्याउने भन्ने बारेमा सोंच्न आवश्यक छ । एक अर्कामा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्न जरुरी छ । हामीमा पहिलेभन्दा धेरै चेतना आएको छ । अब नयाँ तरिकाले युगानुसार हाम्रो समाजलाई अघि बढाउन सोंच्नुपर्ने भएको छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

अन्त्यमा, खासमा विश्वभरिका मगरहरूलाई जागरुक गराउन मिडियाको आवश्यक छ । मिडियालाई सहयोग गरे, पो संस्थालाई मिडियाले सहयोग गर्दछ । मिडिया र संस्थाबीच आत्मीय सम्बन्ध हुनु आवश्यक छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %