बरिस्ठ पत्रकार तथा सामाजिक अभियन्ता जेबी पुन मगर माथि आक्रमणको प्रयास

Read Time:4 Minute, 4 Second

हङ्कङका नेपाली दादा कमल गुरुङ(स्यान्जाली कान्छा ) द्वारा ज्यान लिने धम्की ।

राज्यसत्ता 

हङ्कङमा कार्यरत बरिस्ठ पत्रकार तथा सामाजिक अभियन्ता ,राज्यसत्ता अनलाइनका सल्लाह्कार जे बी पुन मगर माथि हङ्कङमा स्याङ्जाली कान्छाको नामले चिनिने कोमल गुरुङ थापा बाट आक्र्मण्को प्रयास भएको छ ।

हक्की पत्रकार पुन मगर माथि समाजमा गुण्डा गर्डी को नामले प्रखयात कोमल गुरुङ्ले हङ्कङ अन्तरराष्ट्रिय एअरपोर्टमा गाली गलजौ सहित भौतिक आक्रमणमा उत्रिएका थिए । घटनाबारे बुधबार साँझ नै हङकङको चिमसाचोइस्थित प्रहरी स्टेशनमा जाहेरी दिइएको छ भने प्रहरी अधिकारीले छानविन सुरु गरिने बताएका छन्। नेपाल पत्रकार संघ हङकङले बुधबार साँझ विज्ञप्ती जारी गरी विगतमा अन्य सञ्चारकर्मीमाथि आक्रमण गर्दै आएका कोमल गुरुङले बुधबार नेपालखबर हङकङका सम्पादक पुनमाथि आक्रमण गरेको भन्दै खेद प्रकट गरेको छ।


‘विगतमा अन्य सञ्चारकर्मीमाथि आक्रामक बनेका कोमल गुरुङबाट आज नेपालखबर डटकमका हङकङ सम्पादक जेवी पुन मगरमाथि ज्यानको धम्कीसहित आक्रमण भएकोमा खेद प्रकट गर्दै घोर भत्र्सना गर्दछौँ’, संघका अध्यक्ष किसन राईको विज्ञप्तीमा भनिएको छ, ‘एकै व्यक्तिबाट अनेक सञ्चारकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुनुले भयावह स्थिति सिर्जना भएको छ।’ विमानस्थलमा गुरुङ अश्लील शब्दसहित आक्रमणमा उत्रिएको र संघले प्राप्त गरेको भ्वाइस रेकर्ड अनुसार निम्नस्तरको भाषामा ज्यानको धम्की दिइएको विज्ञप्तीमा छ। पत्रकार संघले घटनाबारे प्रहरीमा जाहेरी गइसकेकाले आवश्यक छानविन गरी कारबाही गर्न माग गरेको छ।

‘तीन नेपाली पत्रकार र दुई नेतालाई हङकङमा मानहानी मुद्दा’ शीर्षकमा कोमल गुरुङसँग जोडिएको पुनको रिपोर्ट केही साताअघि नेपालखबरमा प्रकाशित भएदेखि नै कोमल गुरुङले आफ्ना केटाहरूमार्फत् धम्की दिन थालेका थिए। अपरिचित व्यक्तिहरूबाट धम्की आउन थालेको पुनले फेशबुक स्टाटस्मा लेखेपछि ईश्वर गुरुङको नाममा खोलिएको फेशबुक पेजबाट गाली गरियो। सम्पादक पुनले ईश्वर गुरुङसँग भेटेर छलफल गरेपछि त्यो फेशबुक पेज नक्कली भएको र कोमल गुरुङले नै त्यो पेज सञ्चालन गरेको देखियो। त्यसपछि पुनले ‘हङकङमा ईश्वर गुरुङको नक्कली फेशबुक पेजबाट यस्तो धन्दा’ शीर्षकमा हङकङको नेपाली समुदायमा चुनौती बन्दै गएको साइबर अपराधबारे ब्लग लेखे ।


नेपालमा रहँदा हिमाल खबरपत्रिकाको समाचार सम्पादक रहिसकेका पुन सात वर्षदेखि हङकङ रहेर हङ्कङका नेपाली समुदाय माझ समाजमा रहेका नकरात्मक तत्वोबारे निरन्तर खबरदारी गर्दै अाई रहेका छन । हङकङ विश्वविद्यालयमा खोज पत्रकारिता अध्ययन गरेका उनी यसअघि हङकङबाटै प्रकाशित हुने एथ्निक भ्वाइस साप्ताहिकको सम्पादक थिए भने हाल नेपालखबर हङकङको सम्पादक छन्।

नेपाल खबर ड्ट कमको सहयोगमा ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %