कतारमा आदिवासीजनजाति गुरूङलाई भेटघाट तथा परिचयात्म कार्यक्रम गर्‍यो

कृष्ण सारू मगर

Image may contain: 16 people, people standing and indoor

दोहा-कतार, २७  – नेपाल प्रवासी आदिवासी-जनजाति महासंघ कतारले दोहा स्थित स्काई रेष्टुरेन्टमा नेकपा एमालेका संगठन विभागीय सचिव पृथ्वी सुब्भा गुरूङ्ग संग भेटघाट तथा परिचयात्मक कार्यक्रम संपन्न गरेको छ ।

प्रमुख अतिथि पृथ्वी सुब्बा गुरूङ्गलाई गराएको थियो । श्री प्रसाद शाह, दिल किरण खजुम लिम्बू, बिल गुरूङ्ग, चन्द्रशेर राई, सियाराम चौधरी, टिबी कार्की विशेष अतिथि थिए ।
महासंघमा आवद्ध नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, तमु गुरूङ्ग समाजका महासचिव खुसीमान तमु, प्रवासी तामाङ्ग सेवा समाजका अध्यक्ष तिर्थ तामाङ्ग, प्रवासी भुजेल सेवा समाजका अध्यक्ष नियम भुजेल, माझी सेवा समाजका प्र.उपाध्यक्ष भरत बहादुर माझी, धानुक सेवा समाजका अध्यक्ष राम कुमार मण्डल, किराँत याक्थुम चुम्लुङ्ग, थारू कल्याणकारी सभा च्याप्टर, सुनुवार सेवा समाज, किराँत राई यायोक्खा, तथा महासंघमा आवद्ध विभिन्न मातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूलाई अतिथि ग्रहण गराएको समारोहमा अन्य विशिष्ट ब्याक्तित्वहरूलाई आ-आफ्नो स्थानमा आसन ग्रहण गराएको थियो ।

विभिन्न राजनैनिक दल तथा समाजिक संजालमा भाईरल बनेको पहिचान र संविधान संसोधन विषयमा नेकपा एमाले कट्टर विरोधी पार्टीको आरोप लागेको छ नी भनी सोधिएको प्रश्नमा उहाँले भन्नू भयो सात प्रदेश नै राम्रो र उपयुक्त रहेकोले आत्मनिर्णयको अधिकार हुनै नसक्ने टिप्पणीमा उल्लेख गरेका उहाँले थप्दै भने, भागाभाग परेका पूर्व पञ्चहरू सिताराम तामाङ्ग, पशुराम तामाङ्ग, तथा पूर्व आदिवासी-जनजाति महासंघका ओम गुरूङ्ग लगायत पदाधिकारीलाई अतिथि पृथ्वी सुब्बा गुरूङले आरोप लगाए ।

Image may contain: 9 people, people sitting and indoor

आदिमकाल देखी नेपाली भुमिपुत्र भई बसोबास गरेका आदिवासीहरूले राजनीतिक दलहरूलाई दोषारोपण दिने गरेको धारणा राखे ।

यद्यपि नेपाल आदिवासी-जनजाति महासंघ आफ्नै ढंगबाट संचालन भए अझै सम्म राजनैतिक पार्टीले जातीयताको राजनीति गरेको टिप्पणी तथा आरोप एक आपसमा दोषारोपण मै गतिरोधको कारणले आदिवासीजनजातिको मुद्दा ओझेल परेको हो । उनले भने ।
हामी आदिवासीजनजातिहरूको मुद्दालाई समाधान गर्न राजनैतिक विकल्प बाहेक अन्य नरहेकाले नेपाल आदिवासी-जनजाति महासंघ र आदिवासीजनजाति संयुक्त संघर्ष समिति एकजुट हुनु पर्ने भएकोले तत्कालीन आदिवासीजनजाति संयुक्त संघर्ष समिति गठन भएको स्मरण गराउँदै अन्तराष्ट्रिय मानव अधिकार कानुनी ऐन १६९ को मुद्दालाई संयुक्त संघर्ष समितिले अनुमोदन गरेको समेत दावी गरे ।

मध्ये पूर्वीय राष्ट्र कतारमा स्थापित विभिन्न १३ वटा जातीय विशुद्ध मातृ संस्थाका एक मात्रै छाता संगठन महासंघले नेकपा एमालेका केन्द्रीय नेता तथा पुर्व मन्त्री पृथ्वी सुब्बा गुरूङ्गलाई नेपाली आदिवासीजनजातिहरूका विविध विषयमा रहेको विभिन्न विवादित मुद्दालाई सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको छ ।

संघका प्रथम उपाध्यक्ष लिलम चिदी मगरको स्वागत तथा महासचिव शिव भुजेलको संचालनमा संपन्न कार्यक्रम संघका अध्यक्ष देवराज राईले सभापतित्व गरेका थिए ।