नेपाली काग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार एकबहादुर सुनारले राष्ट्रिय जनमुक्ति पार्टीका महिला सदस्य पदका उम्मेदवार मिठु मगर्नीलाई डर त्रास सृजना गरेको प्रति पार्टीको गंम्भिर ध्यानकर्षण(प्रेस बिज्ञाप्ती)

Read Time:1 Minute, 46 Second

                            (प्रेस बिज्ञाप्ती)

असार १० । आफनो पार्टीका उम्मेदवारलाई जे पनि हुन सक्ने भन्दै धम्की दिईएको प्रति राष्ट्रिय जनमुक्ति पार्टी देवदह नगर समितिले भ्रत्सना गरेको छ । पार्टीको तर्फबाट देवदह–१०, का लागि महिला सदस्य पदका उम्मेदवार मिठु मगर्नीलाई नेपाली काग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार एकबहादुर सुनारले आफु निर्वाचन हारेमा जे पनि हुन सक्छ भन्दै डर त्रास सृजना गरेको प्रति पार्टीको गंम्भिर ध्यानकर्षण भएको विज्ञप्ती मार्फत जनाईएको छ । पार्टीका नगर सचिव मनबहादुर रानाद्धारा जारी विज्ञप्तीमा नेपाली काग्रेसका वडा अध्यक्षका उम्मेदवार सुनार सहित सो पार्टीका कार्यकर्ता विष्णु थापाक्षेत्री, रजनी थापा क्षेत्री लगायतले महिला उम्मेदवार मगर्नीलाई धम्की दिईएको उल्लेख गरिएको छ । साथै विज्ञप्तीमा मिठु मगर्नीको ज्यू धनको रक्षा गरि दिन सुरक्षा निकाय संग माग गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गरिएको छ । यसबाट उत्पन्न हुन सक्ने परिस्थितीको जवाफदेही नेपाली काग्रेस र तथा सुरक्षा प्रशासन हुने विज्ञप्तीमा मार्फत जानकारी गराईएको छ ।

Image may contain: text

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %