लोकगायक डम्मर पुर्जाले ल्याए ‘दोभानमा बेनी बजार’(भिडियो सहित)

रूद्र श्रीसमगर

पोखरा, जेठ १५ – लोकगायक डम्मर पुर्जाले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गीत पहिले नै रेकर्ड भएको भएपनि म्यूजिक भिडियो भने बल्ल अहिले सार्वजनिक गरेका हुन् ।

‘दोभानमा बेनी बजार’ बोलको गीतको म्यूजिक भिडियोको छायाड्ढन म्याग्दीको सदरमुकाम बेनी बजारमा गरिएको हो । लोकगायक पुर्जालाई लोकगायिका विमाकुमारी दुराले स्वरमा साथ दिएकी छन् ।

टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको म्यूजिक भिडियोका निर्देशन गोविन्द पुनले गरेका हुन् । दानबहादुर श्रीसको छायाड्ढन तथा सम्पादन रहेको म्यूजिक भिडियोमा लोकगायक पुर्जासँगै मिलन गर्बुजा र गंगा तिलिजाले अभिनय गरेका छन् ।

 

{youtube}https://youtu.be/FJGaEYe3BYQ{/youtube}