दिमाग बेच्न सके देशले छिट्टै काँचुली फेर्छ – महावीर पुन

Read Time:3 Minute, 16 Second

निश्चल काउचा


Image may contain: 13 people, people standing

 

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि जुटिरहेका महावीर पुनले महादान अभियान चलाईरहेका छन् |

सरकारले राष्ट्रियआविष्कार केन्द्र खोल्न कुनै पहल नगरे पछि आफु बाध्य भएर निर्माण गर्न लागेको उनले बताए | अनामनगरमा आयोजित नेपाल मगर संघ दक्षिण कोरियाद्वारा संकलित रकम  कार्यक्रममा बोल्दै पुनले चाडो भन्दा चाडो आविष्कार केन्द्र निर्माण गरेर दिमाग बेच्न सके देशले काँचुली फेर्न धेरै समय नलाग्ने सुनाए | अमेरिका , युरोप देखि जापान कोरिया लगायतका सम्पन्नशाली देशहरुले दिमाग बेचेर नै धनी भएको बताए | 

राष्ट्रिय आविष्कार केन्द्र निर्माणको प्रपोजल थुप्रै प्रधानमन्त्रि सामु पेश गरे पनि कसैले पनि प्राथमिकता दिएर बजेट नदिए पछि आफु बाध्य भएर महादान अभियान चलाउनु परेको पनि उनले प्रष्टाए | अहिलेसम्म अभियानको लागि २ करोड ३० लाख भन्दा बढी रकम सहयोग प्राप्त भैसकेको पुनले जानकारी दिए |

पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि ५० करोड उठाउने योजना रहेको बताउदै उक्त रकम उठाउन गाह्रो नरहेको पनि बताए | एक लाख नेपालीले ५/५ हजार सहयोग गरे पनि ५० करोड सजिलै उठने उनको तर्क थियो | राष्ट्रिय आविष्कार केन्द्र निर्माण लागि  दिमाग, चल- अचल सम्पति र समय दिएर सहयोग गर्न सकिने पुनले जानकारी दिए |

केन्द्र सञ्चालनका लागि १० मेघावाटको हाइड्रोपावर निर्माण गरेर त्यसबाट हुने आम्दानीबाट केन्द्र सञ्चालन गर्ने योजना रहेको पनि बताए | रोमन म्यागासेसे, ‘अशोका फेलो’ पुरस्कार विजेता’ पुनले म्याग्दी र पर्वतका गाउँघरमा ताररहित प्रविधिबाट टेलि–मेडिसिन, इको–टुरिजम सेक्टरमा उदाहरणीय काम गरिसकेका छन् |

कार्यक्रममा नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्क थापा, निबर्तमान महासचिव सुब्बा राना लगायत संघका सक्रिय जुजारु युवाहरु मिलेर सहयोग स्वरुप संकलन गरेको रु तिन लाख र नेपाल मगर संघ दक्षिण कोरियाले संघको तर्फबाट सहयोग स्वरुप प्रदान गरेको रु एक लाख सहित रु चार लाख रुपिया राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तातरण गरिएको थियो |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %