काठमाण्डौमा सञ्चालित मगर (ढुट) मातृभाषा साक्षरता प्रशिक्षण तालिम सम्पन्न

Read Time:2 Minute, 1 Second

संजय सिंजाली मगर


Image may contain: 17 people, people standing

 

काठमाण्डों, बैसाख १२ – काठमाण्डौ, बैसाक ११ – मगर ढुट मातृभाषा साक्षरता प्रशिक्षण तालिम सम्पन्न भएको छ ।

प्रशिक्षण नेपाल मगर संघ केन्द्रिय कार्यलय कलंकीमा बैसाख ७ देखि १० सम्म सञ्चालन भएको थियो ।

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको प्रायोजन तथा मगर भाषा प्रतिष्ठानको संयूक्त आयोजनामा सञ्चालीत रहेको कार्यक्रममा सञ्चालन अधिबक्ता गौ बहादुर आले मगरले गरेका थिए ।स्वागत मन्तव्य मगर भाषा प्रतिष्ठानका सचिव मान बहादुर थापा गाहा मगरले गरेका थिए ।

कार्यक्रमलाई सहिजकरण गर्दै गौ बहादुर आले मगरले भाषा भाषीको संरक्षण, कानुन निति नियम, जनजातिको पहिचान हकअधिकार तथा संबिधानमा प्रचलित धारा उपधाराहरुको बारेमा चर्चा गरेका थिए । 

मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोक बहादुर थापा मगरको अध्यक्षतामा सञ्चालन यस कार्यक्रमको अन्तिम दिन सभापतिमा मगर ब्याकरण र मगरको डिस्नरीका लेखक हिरा सिं थापा मगर, प्रमुख अतिथिमा पूर्व मन्त्री तथा सांसद शिवालाल थापा मगरले प्रशिक्षणमा भाग लिएको सहभागिहरु लाई प्रमाण पत्र बितरण गर्नुभयो ।

त्यस्तै अतिथिहरुमा कबिता आले मगर ,कणर्नेल टेकेन्द्र थापा मगर, डा.जगमान गुरुङ्ग रहेका थिए ।

{facebook}1254743094575216{/facebook}

 

 फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

 

मगर मातृभाषा तालिम समापन कार्यक्रमको फोटो झलक.


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %