मौलिक हकसम्बन्धी विधेयकबारे पोखरामा अन्तरक्रिया

Read Time:2 Minute, 51 Second

रूद्र श्रीसमगर


Image may contain: 5 people, people sitting

पोखरा, वैशाख  ११ – नेपाल कानून समाज र द ओस्लो सेन्टरको आयोजनामा पोखरामा मौलिक हक अन्तर्गत प्रमुख विषयहरूमा स्थानीय सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरूले मौलिक हकलाई थप परिमार्जनसहित ऐन निर्माण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा दलित हक, लैड्डिक तथा यौनिक अल्पसंख्यकको पहिचान तथा अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो प्रस्तुती राख्दै अधिवक्ता सुरेन्द्र महतोले आफ्ना मौलिक हकबारे आम नागरिकमा सचेतनाको खाँचो औंल्याउनुभयो ।

सो अवसरमा साक्षी संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७२ बारे सहजीकरण गर्दै अधिवक्ता दीपेन्द्र झाले अपराध र पीडितकेन्द्रित भएर यससम्बन्धी ऐन निर्माणको आवश्यकता औंल्याउनुभयो ।

अन्तरक्रियामा नेकपा (एमाले)का तर्फबाट धनबहादुर नेपाली, नेकपा (माओवादी केन्द्र)का खगेन्द्र काफ्ले, संघीय समाजवादी फोरम नेपालका कुलबहादुर भुजेल, नीलहिरा समाजका राजु थकाली, विन्दिया गौतम, अधिवक्ताहरू शिव सुनार, निर्मला सुवेदी ‘क्रान्ति’, टंकप्रसाद पौडेल, मातृकाप्रसाद लामिछाने, पुष्पप्रसाद पराजुली, राजेन्द्रमान श्रेष्ठ, रामप्रसाद बुढा, धनबहादुर रानाभाट, विष्णु श्रेष्ठ, लालबहादुर परियार, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक ढाकाराम पौडेललगायतले सामाजिक सुरक्षा आवश्यक भएकोमा जोड दिएका थिए ।

नागरिक संवाद केन्द्र पोखराकी प्रमुख अधिवक्ता जुनाकुमारी गुरुङले स्थानीयस्तरमा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्ने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकबारे आफ्नो प्रस्तुती राख्नुभएको थियो भने द ओस्लो सेन्टरकी कार्यक्रम संयोजक दिप्ती खकुरेलले कार्यक्रमको आवश्यकता बारे आफ्नो भनाइ राख्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %