देवदहमा डुप्के चिनडीके मासवार–२०७४ मनाए

Read Time:2 Minute, 33 Second

गोविन्द घर्ती


बैसाख ९ । स्थानीय तहको निर्वाचनलाई अवसरको रुपमा लिदै स्थानीय तहमा मगरहरुको पहुच बढाउनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

राज्यको कुनै पनि निकायमा मगरहरुको पहुच नहुदा मगरहरुको अधिकार सुनिश्चित हुन नसकेकोमा जोड दिएका थिए । उनीहरुले आर्थिक सवलीकरण विना समाज रुपान्तरण गर्न नसकिने भएकोले आर्थिक विकास तर्फ मगरहरु लाग्नु पर्नेमा जोड दिएका थिए । नेपाल मगर संघ देवदह नगर समितिद्धारा नवबर्षको अवसरमा आयोजित डुप्के चिनडीके मासवार–२०७४ को अवसरमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै नेपाल मगर संघका केन्द्रिय कोषाध्यक्ष कमला थापाले शिक्षाले मात्र आर्थिक, सामाजिक परिवर्तन गर्न सकिने भएकोले शिक्षालाई महत्व दिनु पर्नेमा जोड दिनु भयो ।

उहाले शैक्षिक जागरण सहीत समाजमा भएका विकृति र विसंगतिलाई हटाउदै जानु पर्ने बताउनु भयो । उहाले राजनीति विना अधिकार प्राप्त गर्न नसकिने भएकोले मगरहरुले पनि राजनीति गर्न अपरिहार्य रहेको बताउनु भयो । उहाले स्थानीय तहको निर्वाचनमा मगर उम्मेदवारलाई जिताउन मगर संघले पहल गर्नुपर्नेमा जो दिनु भयो ।

नेपाल मगर संघ देवदह नगर समितिका कार्यवहाक अध्यक्ष शोभा थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका अध्यक्ष लालबहादुर दर्लामी, संघका सल्लाहारद्धय दलबहादुर पाईजा, पदम थापा, संघका जिल्ला सहसचिव विनोद थापा, संघका जिल्ला सदस्य उमाया थापा, पत्रकार यमराना, सैनामैना नगर समितिका अध्यक्ष सूर्यविक्रम राना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

नेपाल मगर महिला संघका अध्यक्ष दिलमाया सिंजालीको स्वागत र सचिव जसबहादुर पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %