राज्यसत्ता

पाल्पा, बैशाख १० – राष्ट्रिय जनमुक्ति पार्टीले तानसेन ९ भेडीचौर (साविकको मदनपोखरा ६)मा चुनावी सभा सम्पन्न गरेको छ ।
पार्टीका वडा संयोजक कोमल प्रसाद रानाको अध्यक्षतामा भएको सभालाई राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद सदस्य हुम बहादुर थापा पचभैयाले संवोधन गर्नुभएको थियो । प्रमुख अतिथि थापाले राष्ट्रिय जनमुक्ति पार्टीले उठाएको मुद्धालेनै देशमा राज गरेको बताउनुभयो । २०४७ साल देखि नै जनमुक्ति पार्टीले पहिचान सहितको संघियता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व लगाएतका माग लिएर अघि बढेको भन्दै पार्टी सत्तामा नपुगे पनि बिचारले समग्र देशकै नेतृत्व गरेको दावी गर्नुभयो ।

भ्रष्ट्राचारले देश पछि परेको भन्दै प्रमुख अतिथि हुम बहादुर थापाले पार्टीको निति अनुसार भ्रष्ट्राचारीलाई देशद्रोहको घोषणा हुनुपर्नेमा जोड दिनुभयो । नया नेपाल निर्माणका लागी वहुजातिय लोकतान्त्रिक समाजवादले नै सबै नेपालीका जित हुने उहाको भनाई थियो ।
कार्यक्रमका अध्यक्ष कमल प्रसाद रानाले स्थानिय तहको चुनावमा आफु जनमुक्ति पार्टीको तर्फ बाट तानसेन वडा नम्बर ९ को वडा संयोजकमा पार्टीले उम्मेद्धारीको सिफारिस गरेको भन्दै सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।
