काठमाण्डोंमा मगर (ढूट) मातृभाषा तालिम सूरु ।

Read Time:2 Minute, 11 Second

संजय सिंजाली मगर


Image may contain: 3 people, people sitting and indoor






 

 

 

काठमाण्डौं, बैसाख ७ – मगर (ढूट) मातृभाषा साक्षरता तथा शिक्षक प्रशिक्षण कार्यक्रम बिहिबार काठमाण्डौं स्थित नेपाल मगर संघ केन्द्रिय समितिको हलमा सञ्चालन भएको छ ।

 

यस मगर भाषा प्रशिक्षण कार्यक्रम आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग र मगर भाषा प्रतिष्ठानको संयूक्त आयोजनामा ४ दिन सम्म सञ्चालन हुने छ ।

 

बैशाख ७ देखि १० सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रम बिहिबार कार्यक्रमको औपचारिक रुपमा नेपाल मगर संघ केन्द्रका बाह्र मगरात भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले उद्धाघटन गर्नुभयो ।

 

मगर भाषा प्रतिष्ठानको अध्यक्ष लोक बहादुर थापा मगरको सभाअध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहमा अतिथि बरिष्ठ कलाकार कबिता आले मगर, भिक्षु मधेंकर नारायण बहादुर आले मगर उपस्थित थिए  ।

 

कार्यक्रम सञ्चालन बरिष्ठ अधिबक्त गौ बहादुर आले मगरले गरेका थिए । कार्यक्रमको सहजिकरण मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोक बहादुर थापा मगर र सचिव मान बहादुर गाहा मगरले गर्नुभयो ।

 

मगरहरु लाई मातृभाष संरक्षण, बिकास र उपयोगी बारे सचेतना दिन देशभर सञ्चालन भईआईरहेको लोक बहादुर थापा मगरले राज्यसत्तालाई जानकारी दिए  । करिब २० जनाको संख्यामा रहेका प्रशिक्षार्थीहरु ले मगर भाषा बारे तालिम लिईरहेका छन ।

 

{facebook}1250872898295569{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।

मगर(ढुट)मातृभाषा साक्षरता तथा तालिम सभाको फोटो झलक.

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %