स्थानिय चुनाबमा जित्नेगरी लाग्न निर्देशन

Read Time:5 Minute, 0 Second

सनु थापा मगर


Image may contain: 1 person, indoor













बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीको विभिन्न जनसंगठनमा हालै निर्बाचित पदाधीकारीहरुलाई एक समारोहका बीच सम्मान गरिएको छ । संघीय पत्रकार परिषद् केन्द्रिय ब्युरो र राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले शनिबार संयुक्त रुपमा पार्टीको आफ्नै भवन मंगलापूरमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान गरेको हो ।


राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका महासचिव केशब सुर्यबंशीले जनमुक्ति युवा महासंघ, राष्ट्रिय महिला मोर्चा र राष्ट्रिय भूतपूर्व सैनिक संगठनमा रुपन्देहीबाट नवनिर्बाचित केन्द्रिय पदाधीकारीहरुलाई खदाले सम्मान गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय पूर्व सैनिक संगठनका बरिष्ठ उपाध्यक्ष सुमे. ज्ञान थापा सलामी, उपाध्यक्ष  क्या. बल बहादुर थापा, जनमुक्ति युवा महासंघका अध्यक्ष ममता बुढाथोकी, राष्ट्रिय अध्यक्ष शंकर गाहा, बरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ, कोषाध्यक्ष बसन्त सिँजाली, खेलकुद उपाध्यक्ष राजकुमार थापा, सचिव राम अस्लामी, सदस्यहरु कमल थापा र विरेन्द्र अस्लामी त्यसैगरी राष्ट्रिय महिला मोर्चाको केन्द्रिय अध्यक्ष चन्दा थापा, उपाध्यक्ष लिलमाया राना, महासचिव गीता सारु, सदस्य मीन कुमारी पाटा लगायतलाई सम्मान गरिएको थियो ।

साथै राष्ट्रिय पूवै सैनिक संगठन रुपन्देहीका नबनिर्बाचित अध्यक्ष आन बहादुर सोती, उपाध्यक्ष लुम बहादुर सारु, सचिव टोलप्रसाद थापा, कोषाध्यक्ष गम्मरसिङ गुरुङ, सदस्य तुल बहादुर पुन समेतलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुलाई बधाई तथा शुभकामना दिदैं पार्टी महासचिव केशब सुर्यबंशीले राष्ट्रिय जनमुक्ति पार्टीले थ्रेस होल्डलाई स्वीकार गरेको बताउँदै थ्रेसहोल्ड क्रस गर्ने आधार पार्टीको मुद्दा र नवनिर्बाचित पदाधीकारीको उर्जा रहेको बताउनुभयो । स्थानिय चुनाबलाई मध्यनजर गर्दै जित्ने गरी लाग्न पार्टी नेता तथा कार्यकर्ताहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । कार्यक्रममा पार्टी मुल्यांकन तथा अनुगमन समिति सचिव अशोक पुन, केन्द्रिय उपाध्यक्ष तथा मुस्लिम राष्ट्रिय परिषद् संयोजक हाजी डा. मोहमर हसन, संघीय परिषद् सदस्य तथा आयआर्जन तथा स्वरोजगार विभाग प्रमुख हरीदेव थापा, लुम्बिनी राज्य परिषद् उपाध्यक्ष बाल किशोर राना लगायतले नबनिर्बाचित पदाधीकारीहरुलाई बधाई दिँदै युवा, महिला र भूपू संगठन पार्टीको मेरुदण्ड भएको बताउनु भयो ।

सोही अवसरमा राष्ट्रिय पूर्व सैनिकका बरिष्ठ उपाध्यक्ष सुमे. ज्ञान थापा सलामी, जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा, राष्ट्रिय महिला मोर्चाका केन्द्रिय अध्यक्ष शंकर गाहा लगायतले बोल्दै पार्टी सुदृढिकरण र बिस्तारका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वर्तमान राष्ट्रिय राजनीति र पार्टी जनसंगठनहरुको भूमिका विषयमा छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।

कार्यक्रम जनमुक्ति पार्टी रुपन्देहीका बरिष्ठ उपाध्यक्ष मधु रानाको स्वागत तथा संघीय पत्रकार परिषद केन्द्रिय ब्युरो सचिव सनु थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %