संजय सिंजाली मगर

काठमाण्डौं, बैसाख ५ — एसिया फाउण्डेशनको सहयोगमा ललितपुर जिल्ला अदालत आयोजक रहेको समुदायमा अदालत भन्ने कार्यक्रम बैसाख २ गते सम्पन्न भएको थियो ।
ललितपुर मगर समाज सेवा केन्द्रिको प्रागणमा पुगि ललितपुरका प्रमुख न्याधिस तथा प्रमुख अतिथि साथै मुख्य प्रशिक्षक बाल मुकुन्द दवाडीले आम समुदाय लाई अदालति काम कारवाही बारै प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा जिल्ला न्याधिश गोपाल प्रसाद बास्तोला बार एसोसियसन ललितपुरका जिल्ला अध्यक्ष प्रकाश महर्जन, बारका उपाध्यक्ष खिमा नन्द देवकोटा केन्द्रका बरिष्ट उपाध्यक्ष श्री प्रसाद बुढाथोकी मगरले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन तथा श्रेस्तदार बाबुराम दाहालले गरेका थिए ।
अधिबक्ताद्धय ईन्दिरा श्रीस मगर र पूर्ण बहादुर राना मगरको अगुवाईमा समुदायमा अदालत पुगेको हो । कार्यक्रमको दोस्रो चरणमा उपस्थित जनसमुदायले उठाएको प्रश्नको उत्तर बारका अध्यक्ष र प्रमुख न्याधिसले दिएका थिए ।
{facebook}1245767302139462{/facebook}
फोटो हेर्न तलको लिङ्क थिच्नुहोस् ।
सामुदायमा अदालत कार्यक्रमको फोटो झलक.
